नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । नर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित हुनुभएको छ । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।

काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्षद्धयमा श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभएको छ । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित हुनुभएको छ । वाग्मती प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ । सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित हुनुभएको छ ।

भेलामा ४२ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश। खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामा हुनुहुन्थ्यो, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल। कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ हुनुहुन्थ्यो ।

120 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal