डा. विकास नेपालसहित भेरी अस्पतालका दुईजना डाक्टरलाई सह प्राध्यापकको जिम्मेवारी

२०८१ मंसिर १३ गते, बिहीबार

बाँके । भेरी अस्पतालमा कार्यरत डा. विकास नेपालसहित थप दुई जना चिकित्सकले सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । सो अस्पतालमा सबैले मनपराउने मुटुरोग विशेषज्ञ डा. नेपालले न्याम्सबाट सह प्राध्यापकको जिम्मेवारी पाएका छन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीलाई पनि सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।
त्यसैगरी रेडियोलोजी डा बिश्वनाथ शर्मालाई पनि न्याम्सले सह प्राध्यापकको जिम्मेवारी तोकेको छ । भेरी अस्पतालमा आउने वर्षदेखि ‘पिजी’ कार्यक्रम संचालन गर्ने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोकेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको हो ।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, अर्थोपेडिक विभागमा कार्यरत अर्थोपेडिक सर्जनहरु डा. तिर्थेन्द्र खड्का र डा प्रकाश थापाले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । डा. खड्का अर्थोपेडिक विभाग प्रमुख हुन भने डा. थापा अस्पतालका पूर्व मेसु हुन । एकेडेमीक उपाधी पाउने डाक्टरहरुले भेरी अस्पतालमा एमडी–एमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई ‘गाइड’ सो अस्पतालले जनाएको छ ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal