एमालेलाई महानगरले हुलाकबाट पठायो जरिवाना चिठ्ठी
काठमाडौं । नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले जरिवानाको चिट्ठी इमेल र हुलाकमार्फत पत्र पठाएको छ। आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र पठाएको हो।
आइतबार काठमाडौं महानगरको टोली एक लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेकोमा एमालेले उक्त पत्र लिन इन्कार गरेको थियो।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिट्ठी बुझ्न अस्वीकार गरेपछि सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाइएको काठमाडौं महानगर प्रहरी बल प्रमुख एसएसपी राजुनाथ पाण्डेले बताए। अधिकारीले एमाले केन्द्रीय कार्यालय कार्यक्रम आयोजक नभएकाले आयोजकलाई नै पत्र दिनु भन्दै फिर्ता पठाएका थिए।
एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा फोहर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





