तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी

२०८१ मंसिर २ गते, आईतवार

कीर्तिपुर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।
उनको चाहना पुरा गर्न मायाको पहिचान नेपालले जसपा नेपालको कार्यालयमा पुर्‍याएर उम्मेदवार बनाउन आग्रह गर्‍यो। हामी हनि र मौनीलाई लिएर जसपा नेपालको पार्टी कार्यालय गयौँ,उम्मेदवार बनाउन प्रस्ताव राख्यौँ,मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले भने,उहाँहरूले सकारात्मक रूपमा लिनुभयो,टिकट दिनुभयो, अब विजयी गराउन लाग्नेछौ। मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे।

कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानु पर्छ भनेर तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए। उनले कीर्तिपुर नगरको मेयर र वडा अध्यक्षमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सिङ्गो पार्टी लागेको बताए।
जसपा नेपालका केन्द्रीय सदस्य राजन केसी, सन्तोष सिलवाल, विना सिन्हा, केन्द्रीय निर्वाचन प्रतिनिधि मनोज वर्मा, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार लगायतले कीर्तिपुर नगरको पहिचानसँगै विकासका कामलाई अगाडी बढाउन पार्टीका उम्मेदवारको ठुलो भूमिका रहने विश्वास व्यक्त गरे।

मेयरका उम्मेदवार हनिले जसपा नेपालले उम्मेदवार बनाएकोमा गर्व लागेको बताए। उनले दबिएर बस्नु पर्ने अवस्थामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानसँगै कीर्तिपुरको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए।

सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधैँ सङ्घर्षरत रहने शपथ खाएका हनिले मङ्सिर २ गते मेयर पदमा उम्मेदवारी दर्ता गराउने बताए। कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गी महिलाले पहिलो पटक उम्मेदवारी दिन लागेका हुन्।

देशभरका स्थानीय तहको नेतृत्वमा पुरुष र महिला मात्र छन्। कीर्तिपुर नगरमा पहिलो पटक तेस्रो लिङ्गी महिलाले उम्मेदवारी घोषणा गरे लगत्तै नगरवासीमा चासो बढेको छ। हनिले हाम्रो सपनाको सहर, कीर्तिपुर नगर नारा राखेर आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेकी छन्। इमानदारिता, निजी वा व्यक्तिगत स्वार्थबाट माथि उठेर स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउनेछु,हनिले जसपा नेपालको शपथ लिँदै भनेकी छन्,स्वतन्त्रता, समानता, सामाजिक न्याय र समाजवादका लागि लडिरहनेछु।

22 Views

ताजा

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने

२०८२ बैशाख १० गते, बुधबार

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च

२०८२ बैशाख १० गते, बुधबार

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन

२०८२ बैशाख ७ गते, आईतवार

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी

२०८२ बैशाख ७ गते, आईतवार

सर्‍यो भोलिको शिक्षक आन्दोलन

२०८२ बैशाख ६ गते, शनिबार

सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड

२०८२ बैशाख ६ गते, शनिबार

जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ

२०८२ बैशाख ६ गते, शनिबार

प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते

२०८२ बैशाख ६ गते, शनिबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal