तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी
कीर्तिपुर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।
उनको चाहना पुरा गर्न मायाको पहिचान नेपालले जसपा नेपालको कार्यालयमा पुर्याएर उम्मेदवार बनाउन आग्रह गर्यो। हामी हनि र मौनीलाई लिएर जसपा नेपालको पार्टी कार्यालय गयौँ,उम्मेदवार बनाउन प्रस्ताव राख्यौँ,मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले भने,उहाँहरूले सकारात्मक रूपमा लिनुभयो,टिकट दिनुभयो, अब विजयी गराउन लाग्नेछौ। मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे।
कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानु पर्छ भनेर तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए। उनले कीर्तिपुर नगरको मेयर र वडा अध्यक्षमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सिङ्गो पार्टी लागेको बताए।
जसपा नेपालका केन्द्रीय सदस्य राजन केसी, सन्तोष सिलवाल, विना सिन्हा, केन्द्रीय निर्वाचन प्रतिनिधि मनोज वर्मा, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार लगायतले कीर्तिपुर नगरको पहिचानसँगै विकासका कामलाई अगाडी बढाउन पार्टीका उम्मेदवारको ठुलो भूमिका रहने विश्वास व्यक्त गरे।
मेयरका उम्मेदवार हनिले जसपा नेपालले उम्मेदवार बनाएकोमा गर्व लागेको बताए। उनले दबिएर बस्नु पर्ने अवस्थामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानसँगै कीर्तिपुरको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए।
सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधैँ सङ्घर्षरत रहने शपथ खाएका हनिले मङ्सिर २ गते मेयर पदमा उम्मेदवारी दर्ता गराउने बताए। कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गी महिलाले पहिलो पटक उम्मेदवारी दिन लागेका हुन्।
देशभरका स्थानीय तहको नेतृत्वमा पुरुष र महिला मात्र छन्। कीर्तिपुर नगरमा पहिलो पटक तेस्रो लिङ्गी महिलाले उम्मेदवारी घोषणा गरे लगत्तै नगरवासीमा चासो बढेको छ। हनिले हाम्रो सपनाको सहर, कीर्तिपुर नगर नारा राखेर आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेकी छन्। इमानदारिता, निजी वा व्यक्तिगत स्वार्थबाट माथि उठेर स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउनेछु,हनिले जसपा नेपालको शपथ लिँदै भनेकी छन्,स्वतन्त्रता, समानता, सामाजिक न्याय र समाजवादका लागि लडिरहनेछु।
ताजा
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





