मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको छः प्रधानमन्त्री ओली

२०८१ भाद्र २९ गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्।

नेकपा एमालेले शनिबार काठमाडौँमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले नेपाललाई गणतान्त्रिक देश रहन नदिने र समृद्धिको बाटोमा अघि बढ्न नदिने प्रयासहरू भइरहेको बताएका हुन्।

उनले भने, ‘नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अर्डर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका छन्। र, नेपाललाई विकास र समृद्धि अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका छन्। यसरी नेपाली जनताको जुन समृद्ध नेपालः सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो। त्यसलाई सफल हुनै नदिने भनेर कतिपय कोही जानेर होलान्, कोही नजानेर होलान्।’

उनले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँ पहिले पहिले। राजतन्त्र नै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे। तर, त्यो एउटा औपचारिक कराइ हुन्थ्यो। अहिले पदधारी कराइरहेका छैनन्। पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे। अहिले पदधारी होइन। वर्तमानमा केही पाएकाहरू होइन कि आशाधारीहरु छन्।’

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal