टिकटकमाथिको प्रतिबन्ध हट्यो

२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल अन्तर्गतको टिकटकमाथि लगाइएको प्रतिबन्ध केपी शर्मा ओलीको सरकारले हटाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगेको प्रस्तावमाथि छलफल गर्दै केही सर्तअनुसार मन्त्रिपरिषद्ले टिकटक खुलाउने औपचारिक निर्णय गरेको छ । सो निर्णय भएसंगै प्रतिबन्धित टिकटक एप केही दिनपछि सहज रुपमा चलाउन पाइने भएको छ । सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका– २०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र ‘पोइन्ट अफ कन्ट्र्याक्ट’ पनि तोकिनुपर्ने सर्तसहित टिकटक खुलाइएको मन्त्री गुरुङले बताए ।

सूचीकरण भइसकेपछि उपदफा ६ अनुसार पोइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्ने प्रावधान रहेको उनले बताए । यसका साथै केही सर्तहरू राखेर मात्रै टिकटक खुलाउन दिइने सहमति भएको मन्त्री गुरुङले बताए । उनले चारवटा बुँदामा टिकटकले नेपालमा गर्नुपर्ने सर्तहरू अघि सारिएको छ । सरकारले प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक प्रक्रियामार्फत टिकटक चलिरहेकै थियो । केही इन्टरनेट कम्पनीले पूर्ण रुपमा बन्द गराएपछि भीपीएन लगायतबाट टिकटक चलेको थियो ।

केही दिनपछि निर्वाध रुपमा चलाउन पाइने आम मानिसको आशा छ । कतिपयले बिहीबारबाट टिकटक चलाउने मिल्ने पनि भनिरहेका छन् ।तर सञ्चारमन्त्री गुरुङले नीतिगत रुपमा मात्रै टिकटक खुला गरिएको दाबी गरे । उनले प्रस्ट पार्दै भने, ‘ नीतिगत रुपमा त खुल्यो, केही दिनदेखि खुल्छ । टिकटकजस्तै अन्य सामाजिक सञ्जालले पनि पोइन्ट अफ कन्ट्र्याक्ट गर्नुपर्यो।’

30 Views

ताजा

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन

२०८२ बैशाख ७ गते, आईतवार

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन

२०८२ बैशाख ७ गते, आईतवार

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी

२०८२ बैशाख ७ गते, आईतवार

सर्‍यो भोलिको शिक्षक आन्दोलन

२०८२ बैशाख ६ गते, शनिबार

सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड

२०८२ बैशाख ६ गते, शनिबार

जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ

२०८२ बैशाख ६ गते, शनिबार

प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते

२०८२ बैशाख ६ गते, शनिबार

मेरोविरुद्ध दुई चार जनाले नारा लगाए, मलाई कुनै दुःख छैनःयोगेश भट्टराई

२०८२ बैशाख ६ गते, शनिबार

नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा

२०८२ बैशाख ६ गते, शनिबार

विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा पनि धेरै काम गर्न सकिन्छः चन्द्र ढकाल

२०८२ बैशाख ६ गते, शनिबार

ओली सरकार असफल भयोः रेनु दाहाल

२०८२ बैशाख ६ गते, शनिबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal