टिकटकमाथिको प्रतिबन्ध हट्यो

२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल अन्तर्गतको टिकटकमाथि लगाइएको प्रतिबन्ध केपी शर्मा ओलीको सरकारले हटाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगेको प्रस्तावमाथि छलफल गर्दै केही सर्तअनुसार मन्त्रिपरिषद्ले टिकटक खुलाउने औपचारिक निर्णय गरेको छ । सो निर्णय भएसंगै प्रतिबन्धित टिकटक एप केही दिनपछि सहज रुपमा चलाउन पाइने भएको छ । सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका– २०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र ‘पोइन्ट अफ कन्ट्र्याक्ट’ पनि तोकिनुपर्ने सर्तसहित टिकटक खुलाइएको मन्त्री गुरुङले बताए ।

सूचीकरण भइसकेपछि उपदफा ६ अनुसार पोइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्ने प्रावधान रहेको उनले बताए । यसका साथै केही सर्तहरू राखेर मात्रै टिकटक खुलाउन दिइने सहमति भएको मन्त्री गुरुङले बताए । उनले चारवटा बुँदामा टिकटकले नेपालमा गर्नुपर्ने सर्तहरू अघि सारिएको छ । सरकारले प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक प्रक्रियामार्फत टिकटक चलिरहेकै थियो । केही इन्टरनेट कम्पनीले पूर्ण रुपमा बन्द गराएपछि भीपीएन लगायतबाट टिकटक चलेको थियो ।

केही दिनपछि निर्वाध रुपमा चलाउन पाइने आम मानिसको आशा छ । कतिपयले बिहीबारबाट टिकटक चलाउने मिल्ने पनि भनिरहेका छन् ।तर सञ्चारमन्त्री गुरुङले नीतिगत रुपमा मात्रै टिकटक खुला गरिएको दाबी गरे । उनले प्रस्ट पार्दै भने, ‘ नीतिगत रुपमा त खुल्यो, केही दिनदेखि खुल्छ । टिकटकजस्तै अन्य सामाजिक सञ्जालले पनि पोइन्ट अफ कन्ट्र्याक्ट गर्नुपर्यो।’

141 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal