चार प्रदेशमा तापक्रम ४० डिग्रीभन्दा माथि

२०८१ जेष्ठ २९ गते, मंगलवार

काठमाण्डौ । हिजो देशका चार प्रदेशमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चार वटा मापन केन्द्रमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हिजो बेलुका अधिकतम तापक्रम धनगढीमा ४४ डिग्री, नेपालगञ्जमा ४३ दशमलव ६, दीपायलमा ४० दशमलव ७ र वीरेन्द्रनगरमा ४० दशमलव ९ डिग्री मापन भएको छ । यस्तै दाङको घोराहीमा ३९ दशमलव ६, भैरहवामा ३९ दशमलव ८, सिमरामा ३७ दशमलव ५ र जनकपुरमा ३७ डिग्री पुगेको छ ।

हिजो काठमाण्डौमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौमा तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको यो वर्ष दोस्रो पटक हो । यो हप्ता पानी कम परेका कारण देशका धेरैजसो ठाउँमा अधिकतम तापक्रम बढेको महाशाखाले जनाएको छ । तोकिएको मितिभन्दा तीन दिन अघि हिजो पूर्वी नेपालबाट मनसुन भित्रिए पनि धेरैजसो क्षेत्रमा गर्मी महसुस गरिएको छ ।

 

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal