रास्वपाको परीक्षा सुरु

२०८० चैत्र १९ गते, सोमबार

गणेश जि.सी.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) अहिले परीक्षाको घडीमा छ । फेरि पनि भर्खरै सरकारमा गएको रास्वपाले जनताका पक्षमा काम गरेर देखाउन सकेन भनें उसको नारा खोक्रो हुने छ । रास्वपा सभापतिसमेत रहेका रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री छन् भनें अरु तीन मन्त्री पनि रास्वपाले पाएको छ । २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा अचानक उदाएको रास्वपाले चुनावमा आफ्ना एजेण्डा खासै नबनाए पनि जनताले मतदान गरे । सभापति लामिछानेले अरु पार्टीले जनताको पक्षमा काम नगरेकोले विकल्प चाहिएको भन्दै भाषण दिएपछि जनताले पनि होला नि त भनेर एक पटक मतदान गरे ।

रास्वापाले प्रदेशसभाको निर्वाचनम भाग लिएन । प्रतिनिधिसभाको ७ वटा स्थानमा निर्वाचन जितेको रास्वपाले गत वैशाख १० गते तनहुँमा पनि भएको निर्वाचन जितेपछि उसले प्रतिनिधिसभामा २१ सांसद पाएको छ । रास्वपाबाट १३ जना समानुपातिक सांसद छन् । रास्वपाले प्रदेशसभाको निर्वाचनमा भाग नलिएकाले अन्य दललाई भनें राहत मिलेको छ । रास्वापका पक्षमा मानिसहरुको अस्वभाविक लहर बढ्नुको पछाडिको मुख्य कारण भनेको पुराना दलहरुप्रतिको असन्तुष्टि नै हो । कांग्रेस, एमाले, माओवादीलगायतका दलले सबै जनता हाम्रो पक्षमा छन् हामीलाई मतदान नगरे कसलाई गर्छन् भनेर सोच्नु नै उनीहरुको कमजोरी हो । रास्वपाले उठाएका एजेण्डा अरु पार्टीभन्दा फरक भएकाले पनि उसलाई सजिलो भएको छ । रास्वपा सरकारमा हिजो पनि सहभागी भएको थियो । पार्टी सभापति लामिछाने त्यतिबेला पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्री थिए । छोटो समयमै लामिछानेको सांसद पदसँगै मन्त्री पद पनि गएपछि पार्टीका तर्फबाट भएका अरु मन्त्रीको असहमति हुँदाहुँदै पनि पार्टी सरकारबाट बाहिर निस्किएको थियो ।

रास्वपाले यो समयमा गफ गर्नुभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला भएको छ । सबै मन्त्रीले जनताको नाममा नारामात्र लगाउने र काम नगर्ने गरेका कारण उनीहरु आलोचित भएका छन् । भर्खरैमात्र राजनीतिमा आएको पार्टी भएकाले पनि जनताले यो पार्टीले चाहिँ केही गर्दा भनेर पत्याएका छन् त्यसैले पनि जनताको जीवन छुनेगरी काम गर्नुपर्ने उसलाई बाध्यता छ । कसैकसैले यो पार्टीको पनि गफै ठूलो भएकाले यस्तै हो भनें आगामी निर्वाचनमा अवस्था कमजोर हुने अनुमान लगाएका छन् भनें धेरैजसोले भनें आगामी निर्वाचनमा पहिलो दल बन्न सक्ने पनि विश्लेषण गर्दै आएका छन् ।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal