पूर्वडीआइजी खरेलद्वारा रास्वपाबाट राजीनामा
२०८० चैत्र १४ गते, बुधबार
काठमाडौं । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएका छन् ।
आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए ।
खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी ९जसपा०का उपेन्द्र यादवसँग पराजित थिए ।
चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।
यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो ।
29 Views