माओवादीका दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित

२०८० फाल्गुन २९ गते, मंगलवार

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा माओवादीका दाहालले ३९ मत प्राप्त गरी बहुमतका आधारमा उनी विजयी भएका हुन् । शर्मा र दाहालका लागि दुवै तर्फबाट पेस गरिएको प्रस्तावित मत बहुमतका आधारमा पारित गरिएको हो। जसमा ३९ मत लिएका माओवादीका दाहाल विजयी भए।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरिएको हो । उनी रिक्त विज्ञ कोटाबाट राष्ट्रियसभामा मनोनित भएका थिए ।

यता, कांग्रेका शर्मालाई अध्यक्ष बनाउनुपर्ने प्रस्तावमा १७ जनाले मत दिएका थिए। राष्ट्रियसभाको आज भएको निर्वाचनमा जम्मा ५६ मत खसेको हो। माओवादीका उम्मेदवार दाहाललाई माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेसका शर्मालाई कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थन थियो ।

123 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal