बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ
काठमाडौँ । काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुने र फोल्तोङको अर्थ ढिंडोलाई जनाउने डिकी लामाले बताइन । दावा डुक्पा लामा डेढ दशक भन्दा लामो समय भारतस्थित आइटिसी सेराटेन होट्लमा प्यानेसेन सेफको रुपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवर्द्धन गर्ने हेतुले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए । रेस्टुरेन्ट ओपनिङ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको बताए ।
कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ, वरिष्ठ गायक प्रेम लोप्चन, गायक एंव गीतकार जीवन बोम्जन, वरिष्ठ गायक अमृत लामा, गायक बैरागी मोक्तान, मोडल एंव अभी लामा, मोडल अनिता गोले,गायिका सुस्स्मिता स्याङ्तान,गायक एंव एरेन्जर बिशाल योन्जन, गायक एंव एरेन्जर कुन्साङ दोर्जे लोप्चन, ुमामा भन्जाु सिरियलका कलाकार टिम, कलाकार एंव पुर्व नेपाली सेना हरिलाल तामाङ, गायक एंव माझी किङको रुपमा परिचित यमन माझी,तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङलगायतका कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियान्ता,समाजसेवी एंव विशिष्ट व्यक्तीहरुको उपस्थित रहेको थियो । कार्यक्रमसंगै दावा डुक्पा लामाका छोरा कर्म वाङ्गेल लामाको वर्थडे सेलेब्रेसन पनि गरिएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





