नारी स्रष्टा समाज साहित्यकारहरु सम्मानित

२०८० फाल्गुन २३ गते, बुधबार

काठमाडौं । नारी स्रष्टा समाज नेपालले सामाजिक विकास समाजको सभाकक्ष, अनामनगरमा नारी दिवसको अवसरमा धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी सम्मान श्री अखण्ड भण्डारीलाई प्रदान गर्‍यो । यसैगरी सोही कार्यक्रममा नारी स्रष्टा सम्मानबाट साहित्यकारहरु ललिता दोषी, मन्जुश्री प्रधान, सरस्वती गौतम, रीता न्यौपाने, शारदा पराजुली, प्रीति कौर, सुशीला ढकाल अधिकारी, कमला पराजुली, कला डाँगी, पवित्रा दाहाल, मोनी श्रीवास्तव कोइरालासमेत सम्मानित हुनु भयो ।

समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ रहनु भएको थियो भने विशिष्ट अतिथिमा समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्य र द्वारिका घोरसाने रहनुभएको थियो ।

साहित्यकार बिन्दु अधिकारी ढकालले स्वागत गर्नु भएको सो कार्यक्रममा सम्मानित स्रष्टाका तर्फबाट अखण्ड भण्डारी, ललिता दोषी र सरस्वती गौतमले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथिको श्रेष्ठ, अध्यक्ष मृदुल, विशिष्ट अतिथि समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्यर द्वारिका घोरसानेले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायत साहित्यकारहरु मदन नेपाल, दिव्य गिरी, दीपक लोहनी, पार्वती भट्ट, गङ्गा कर्माचार्य, यमुना अधिकारी, विद्या अनामिका तिवारी, इन्दिरा चापागाईं, दुर्गाकिरण तिवारी, राजु सिंह, मन्दिरा चापागाईं, नवराज पोखरेल, गौरी न्यौपानेको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजकी सचिव रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal