नारी स्रष्टा समाज साहित्यकारहरु सम्मानित
काठमाडौं । नारी स्रष्टा समाज नेपालले सामाजिक विकास समाजको सभाकक्ष, अनामनगरमा नारी दिवसको अवसरमा धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी सम्मान श्री अखण्ड भण्डारीलाई प्रदान गर्यो । यसैगरी सोही कार्यक्रममा नारी स्रष्टा सम्मानबाट साहित्यकारहरु ललिता दोषी, मन्जुश्री प्रधान, सरस्वती गौतम, रीता न्यौपाने, शारदा पराजुली, प्रीति कौर, सुशीला ढकाल अधिकारी, कमला पराजुली, कला डाँगी, पवित्रा दाहाल, मोनी श्रीवास्तव कोइरालासमेत सम्मानित हुनु भयो ।
समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ रहनु भएको थियो भने विशिष्ट अतिथिमा समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्य र द्वारिका घोरसाने रहनुभएको थियो ।
साहित्यकार बिन्दु अधिकारी ढकालले स्वागत गर्नु भएको सो कार्यक्रममा सम्मानित स्रष्टाका तर्फबाट अखण्ड भण्डारी, ललिता दोषी र सरस्वती गौतमले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
यसैगरी कार्यक्रममा प्रमुख अतिथिको श्रेष्ठ, अध्यक्ष मृदुल, विशिष्ट अतिथि समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्यर द्वारिका घोरसानेले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायत साहित्यकारहरु मदन नेपाल, दिव्य गिरी, दीपक लोहनी, पार्वती भट्ट, गङ्गा कर्माचार्य, यमुना अधिकारी, विद्या अनामिका तिवारी, इन्दिरा चापागाईं, दुर्गाकिरण तिवारी, राजु सिंह, मन्दिरा चापागाईं, नवराज पोखरेल, गौरी न्यौपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजकी सचिव रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





