धरानमा विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित

२०८० फाल्गुन १६ गते, बुधबार

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोशित बनेका छन् ।

विमानस्थल बनाउन उपयुक्त नहुने प्राधिकरणको निष्कर्षपछि उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीसँग उनले आक्रोश पोखेका छन् । प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको निष्कर्ष निकालेको थियो । उनले मन्त्री किराँतीविरुद्ध सामाजिक संजाल फेसबुकमा आधा दर्जनभन्दा बढी स्ट्याटस नै लेखेका छन् । उनले मन्त्री किराँतीलाई मन्त्री कि कुचीकार भनेर प्रश्न समेत गरेका छन् । ‘सुदन किराँती मन्त्री नै हुन् कि कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाएको ? कुलको बदनामी,’ उनले भनेका छन् ।

उनले मन्त्रीले कुलकै बेइज्जत गरेको आरोप पनि लगाएका छन् । प्राधिकरणले विद्यमान हवाई नीति, २०६३ अनुसार धरानमा विमान स्थल बनाउन नसकिने निष्कर्ष निकालेको थियो । नीतिअनुसार तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ ।

धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले दबाब दिएका थिए । त्यसपछि सरकारले समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेकोबारे अध्ययन गरेको थियो ।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal