चितवनमा पूर्वयुवराज पारसले विद्यार्थी बोकेको बसलाई पेस्तोल ताकेका हुन् ?

२०८० फाल्गुन १५ गते, मंगलवार

काठमाडौं– बेलाबखत विवादमा आइरहने पूर्वयुवराज पारस शाहले चितवनको एउटा विद्यालयको स्कुल बसलाई पेस्तोल ताकेको आरोप लागेको छ। भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कुलको बस गत बुधबार विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको बेला पूर्वयुवराज पारसले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ।

सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमा घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको स्कुल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कुलको प्राचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भावेश्वर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ति परियार, नेताहरू जितनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु । केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ । सनराइज स्कुलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ। उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन्।’

यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले घटनामा संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने यकिन नभएको बताए।
‘विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ। कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाए छन्। त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पिस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन्,’ उनले भने।

उनले यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताए। तर चितवन प्रहरीले भने पूर्वराजपरिवारका सदस्यको बारेमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले भने, ‘मैले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएको हुँ, हामीलाई यसबारे कसैले जानकारी गराएको पनि छैन, निवेदन पनि परेको छैन।’

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal