रहेनन् गजल सम्राट पंकज उधास

२०८० फाल्गुन १५ गते, मंगलवार

काठमाडौं । ख्यातिप्राप्त भारतीय गजल गायक पंकज उधासको ७३ वर्षको उमेरमा सोमबार निधन भएको छ। गजल सम्राटको उपाधि पाएका उनको निधनको जानकारी उनकी छोरी नायबाले सामाजिक सञ्जालबाट दिएकी छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उधासले मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे अन्तिम सास लिएका हुन्। केही दिनदेखि अस्वस्थ रहेका उनले उपचारको क्रममा अन्तिम श्वास लिएका हुन्।

सञ्जय दत्तको फिल्म नामका लागि गाएको गजल चिठी आयी हेबाट वाहीवाही कमाएका उधासको जन्म १७ मे १९५१ मा गुजरातको जोतपुरमा भएको थियो। उनको पूरा नाम पंकज उधास चारण भए पनि गायनमा आएपछि उनी पंकज उधासको नामले चिनिएका थिए।उनका हजुरबुवा जमिन्दार र भावनगर राज्यका दिवान थिए भने उनका बुबा केशुभाइ उधास सरकारी कर्मचारी थिए।

तीन दाजुभाइमध्येका कान्छा उनी र उनका दुई दाजुभाइको संगीतप्रति झुकाव थियो। उनका अन्य दाइ पनि गजल गायक हुन्। सन् १९८० मा आहटनामक एलबमबाट गजल गायनको सुरुआत गरेका उनी पछि गजलको पर्याय नै बन्न पुगेका थिए।

आफ्नो जीवनकालमा उनले केही गजल एल्बम निकालेका थिए। जसका कारण उनको लोकप्रियता चुलिँदै गएको थियो। यस्तै लाइभ प्रस्तुतिमा पनि उनी निकै रुचाइएका थिए। गजलको दुनियाँमा वर्षौं राज गरेका उनले मधुर स्वरमार्फत दुनियाँलाई लठ्ठ पारेका थिए।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal