स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो: सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरूको चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले बीमा कार्यक्रम राम्रो भए पनि यसलाई भ्रष्टाचारको माध्यम बनाइएको आरोप लगाए ।
‘स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन,’ सभामुख घिमिरेले भने ।
उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा पनि राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए । चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेको धारणा थियो ।
उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।
ताजा

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता
२०८२ असार २२ गते, आईतवार
विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता
२०८२ असार २२ गते, आईतवार
विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद
२०८२ असार २२ गते, आईतवार
नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २२ गते, आईतवार
तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान
२०८२ असार २२ गते, आईतवार
अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ
२०८२ असार २२ गते, आईतवार
अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए
२०८२ असार २२ गते, आईतवार
‘तीज आयो साथी संगी’ भन्दै सुशीला
२०८२ असार २२ गते, आईतवार
सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप
२०८२ असार १८ गते, बुधबार
एमाले सांसद राईद्वारा सभापति खतिवडाको राजीनामा माग
२०८२ असार १८ गते, बुधबार
पूर्वराष्ट्रपति भण्डारीद्वारा सबै सरकारी सेवासुविधा फिर्ता
२०८२ असार १८ गते, बुधबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार