बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्को विश्व’ सम्भव छैन

२०८० फाल्गुन ७ गते, सोमबार

काठमाडौं । बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना अर्को विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । विश्व सामाजिक मञ्चको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंमा भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स सत्रमा बोल्दै अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।

नयाँ विश्व भनेको नयाँ ग्रह बनाउने नभएर अहिलेको विश्वलाई नै बालबालिका एवं किशोरकिशोरीका समस्यालाई समाधान गर्दै उनीहरूलाई स्वतन्त्रपूर्वक बाँच्न र आफ्नो भविष्य कोर्न सक्ने वातावरण बनाउन पर्ने उनीहरूको भनाइ थियो । उनीहरूले बालबालिका र किशोरकिशोरी भोलिका देश निर्माता भएकाले उनीहरूको सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै युएनसीआरसी कमिटी अध्यक्ष प्रो।आन स्केल्टनले यस्ता सम्मेलनले बालबालिका तथा किशोरकिशोरीहरुको आवाज सशक्त बनाउन महत्वपूर्ण हुने बताइन् । उनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले यस्ता चुनौतिलाई समाधान गर्ने उपाय खोजी हुने बताइन् ।
उनले वर्तमान अवस्थामा युद्धमा बालबालिकाको ज्यान जाने डरलाग्दो अवस्था आएकोले बालअधिकारको संरक्षण गर्दै विश्वलाई सुरक्षित रुपमा अघि बढाउन सबैको प्रतिबद्वता आवश्यक भएको बताइन् ।
सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।
त्यसैगरी डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकाका निमित्त एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीले विश्वमा बिग्रँदै गएको वातावरण र जलवायु परिवर्तनले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने हुन्छ ।’ उनले विशेषगरी पिछडिएका र आदीवासी बालबालिका जो बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित छन् । उनीहरूका अधिकारलाई बिग्रँदो वातावरणीय प्रभावविरूद्ध लड्नका लागि प्रमुख मुद्दा बनाएर अगाडि जानुपर्ने बताइन् ।

कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न वक्ताहरूले बालविवाह, भोकमरी युद्ध, आप्रवासन, बेचबिखन, बाढी पहिरो, यौन शोषण लगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्स्खद भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकारको लागि दबाब सिर्जना फलदायी हुने बताए । उनले भने, ‘बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागि सुझावसहितको दबाब दिन हामी यहाँ उपस्थित भएका छौं ।’
बालबालिका तथा किशोरकिशोरी आफ्नै घरमा असुरक्षित हुनु, घरमा नै भेदभावको सिकार हुनु लगायतका अनेकन समस्याहरूमा फसिरहेको बताउँदै सत्रका वक्ताहरूले यस्ता समस्याको समाधानका लागि जोड दिएका छन् ।
अधिकारकर्मी गौरी प्रधानले मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताउँदै बाल बालिकाका सबालमा बालमैत्री अलग्गै कानुन ल्याउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी डा। कुन्दन अर्यालले अहिले पनि विद्यालय शान्ती क्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बाल अधिकार प्रत्याभूतीका लागि भयरहित वाताबरणको सुनिश्चितता गर्नु पर्नेमा जोड दिए । उनले बालअधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए ।
यस्तै कार्यक्रममा जलवायु परिवर्तनले पनि बालबालिका एवं किशोरकिशोरीहरूमा नकरात्मक प्रभाव पारेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएमका छन् ।

कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिकाका लागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । उनले भने, ‘हामीले फरक विश्व बनाउने भनेका होइनांै । सबै एकजुट भएर लाग्यौं भने यही विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ । अध्यक्ष महर्जनले बाल अधिकारका सवालमा सम्पन्न भएको यो सम्मेलनले एउटा इतिहास कोर्न सफल भएको बताए ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना गरिएको यो सम्मेलनमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल गरिएको छ ।
यस्तै वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबामा पनि छलफल भइरहेको छ ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal