साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

२०८० फाल्गुन ७ गते, सोमबार

काठमाडौं । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ ।

एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा(प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा सभापतिको रूपमा सस्थाका अध्यक्ष विश्वमोहन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय सीता गरुङ रहेकी थिइन । लोकार्पणपछि कार्यक्रममा बोल्दै मन्त्री गुरुङले साहित्यिक कृति लेख्न जति गार्हो छ त्यो भन्दा धेरै गाह्रो विषय अनुसन्धानात्मक कृति निकाल्न रहेको बताइन् । सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन । मन्त्री गुरुङले केशु विरहीको यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयोग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने बताईन ।

त्यसैगरी कार्यक्रममा प्रध्यापक डा।खगेन्द्रप्रसाद लुइटेलले यस किताबमा तेह्रथुमको साहित्यिक इतिहनसको फेहरिस्ता भएको बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुठेका कुरालाई थप्दै जानू पर्ने बताए । उनले यस कृतिमा देखिएका कमीकमजोरीलाई औल्याइदिन पनि आग्र गरे । त्यसै गरी कार्यक्रममा आफ्नो छोठो टिप्पणि प्रस्तुथ गर्दै नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुफले लेखकले यस कृतिले तेह्रथुमको साहित्यको मात्र नचएर त्यहाँ बस्ने मानिसको चित्र उतारेको बताइन् । कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिलाई एउटन क्याटलकका रूपमा काम गरेको बताए । पाठकले आफूलाई के मनपर्छ त्यहि यस पुस्तको छानेर पढ्न पाउने बताए । कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरि नभएको बताउदै यस पुस्तकको बारेमा समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनु पर्ने बताए ।

लेखक केशु विरहीले भने आफूले यो कृति लेख्नकै डेढ वर्षको पूरै समय खर्चेको बताउदै थालेको काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारसमेत रहेका विरहीले प्रिबुकिझमार्फत सहयोग गर्नेप्रति आभार रहेको बताउँदै धन्यवादको असली हकदार उहाँहरू रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य गजलकार बाबु त्रिपाठीले गरेका थिए ।भने कार्यक्रममको संञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal