कुर्सी हल्लिने डर मलाई छैनस् प्रधानमन्त्री
२०८० फाल्गुन ६ गते, आईतवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कुर्सी हल्लिने डर आफूलाई नभएको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले कुर्सी हल्लिने डर नभएको बताएका हुन्।
‘माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरू हुने थिएन। सदनमा म दोहर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो,’ प्रधानमन्त्री दाहालले भने।
सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी, ललिता निवास प्रकरण, टिकटक बन्द, नेपाली सफ्टवेयरको प्रयोग र नेपाली आइटी उद्योगको प्रवर्द्वनबारे प्रश्न राखेका थिए।
30 Views