अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने
राजेश दिदिया
बुटवल । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ ।
स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुति सहित कार्यक्रममा कालीप्रसाद बास्कोटाको विशेष म्युजिक कन्सर्ट हुने भएको हो ।
एड्स हेल्थ केयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा विगत लामो समय देखि लागु पदार्थ प्रयोग कर्ताहरूको हक हित र अधिकारका लागि काम क्रियाशीलता आस्था समूह बुटवल आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना गर्न लागेको हो ।
असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवाहरूमा एचआइभी सङ्क्रमण बढेकाले कन्डमको प्रयोग गर्ने बानी विकास गर्न साङ्गीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको आयोजकले जानकारी दिए ।
साङ्गीतिक कार्यक्रममार्फत युवाहरूलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइटिस जस्ता सङ्क्रमण हुन नदिने उद्देश्यका साथ यो वर्ष बुटवलमा ओपन कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासङ्घ नेपाल (एनएपीएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट देशका विभिन्न स्थानमा हुँदै आएको छ जस अनुसार यो पटक बुटवलमा हुन लागेको हो ।
पत्रकार सम्मेलनमार्फत कन्डम दिवसको अवसरमा म्युजिकल कन्सर्ट गर्न लगिएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिनुभयो ।
युवा युवतिहरूलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाइदाहरूको विषयमा जानकारी दिने उद्देश्यका साथ बुटवलको ट्राफिक चोकका भव्य कन्सर्ट हुन लागेको उहाँले जानकारी दिनुभयो ।
आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थ केयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि वपन कन्सर्ट हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार कालीप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने छ उहाँले बताउनुभयो ।
सार्वजनिक स्थलमा खुल्ला रूपमा आयोजना गरिएको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रूपमा एचआइभी परीक्षण तथा निःशुल्क कन्डम वितरणको कार्यक्रम रहेको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंगीङ्ग तथा यौनिक अल्पसङ्ख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाम्य निर्देशनालय प्रमुख डा विनोद गिरी, स्वाम्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागिता रहने छ ।
एएचएफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । एएचएफ नेपालले सन् २०११ बाट कन्डम दिवस मनाउन थालेको छ । आस्था समूह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरूलाई टार्गेट गरेर विश्व कन्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कन्डमलाई फेसनको रूपमा प्रयोग गरौँ भन्ने अवधारणका साथ कन्डम दिवसको आवसरमा नेपालका विभिन्न स्थानमा कन्सर्ट हुँदै आएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





