माघ २६ र २७ गते लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ के को तेश्रो क्याबिनेट बैठक हुँदै

२०८० माघ २५ गते, बिहीबार

काठमाडौं । लायन्स अन्तराष्ट्रीय डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याबिनेट बैठक आगामी माघ २६ र २७ गते बागलुङ बजारमा हुने भएको छ ।

डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाको अध्यक्षता लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आथित्यमा हुने संसारकै ठूलो अनि पुरानो सामाजिक संस्था लायन्स अन्तराष्ट्रिय अन्तर्गतको डिष्ट्रिक्ट ३२५ के सामाजिक सेवामा अग्रसर डिष्ट्रिक्ट हो । लायन्सको अन्तर्राष्ट्रिय नियम अनुसार प्रत्येक ३ महिनामा हुने यो तेस्रो बैठक भएको र बैठकमा यसभन्दा अगाडि भएको कामहरूको समीक्षा तथा भावी कार्ययोजना बारेमा छलफल हुने डिष्ट्रिक्ट गभर्नर थापाले बताउनु भयो ।

धार्मिक एवं पर्यटकीय स्थल बागलुङ बजारमा हुने तेस्रो क्याबिनेट बैठकमा उपस्थित लायन मित्रहरुले कार्यक्रममा सहभागी हुनुको साथै प्रसिद्ध कालिका भगवती मन्दिरको दर्शन पञ्चकोट धार्मिकस्थलको दर्शन एवं दृष्यावलोकन गर्ने सालिकाग्राम संग्रालयको भ्रमण तथा कालीगण्डकी गोल्डेन ब्रिजको भ्रमण गर्ने अवसर भएको र कार्यक्रमको सम्पूर्ण तयारी भएको र क्याबिनेटमा करिब नौसय लायनहरुको रजिष्ट्रेसन हुने कार्यक्रम संयोजक दुर्गा कुंवरले बताउनु भयो । रजिष्ट्रेसन धमाधम भइरहेको र कार्यक्रममा काठमाडौबाट नै झण्डै ४०० लायनको रजिष्ट्रेसन हुने बागमती क्षेत्रका संयोजक हसन कुमार गोपालीले जानकारी दिनुभयो ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal