आज देशभरका फिल्म हल बन्द रहने

२०८० माघ २२ गते, सोमबार

काठमाडौँ । आज सोमबार मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाएको छ ।

संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग पनि गरेको छ ।

सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

त्यस्तै चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने बताएको छ । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागेको हो ।

क्युएफएक्सले पनि मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरेको छ । क्युएफएक्सले भनेको छ, ‘मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सोमबार माघ २२ गते सम्पूर्ण हल बन्द रहनेछ । साथै दर्शकमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ ।’

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal