बाग्लुङमा लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याबिनेट मिटिङको भव्य तयारी

२०८० माघ २ गते, मंगलवार

काठमाण्डौं । यही माघ २६ र २७ गते लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याविनेट मिटिङ हुने भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्ट मध्य यो डिष्ट्रिक्टको तेस्रो क्याविनेट मिटिङ हुन लागेको हो ।

तेस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव १ हजार ५ सय बढी लायन्स सदस्यहरुको सो मिटिङमा सहभागिता रहने अनुमान गरिएको छ । डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराउने क्रम शुरु भएको रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ । डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको तेस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले बताइन् । दुई दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १२ सय देखी १५ सयसम्मको हाराहारीमा लायन्स प्रतिनिधीहरुको सहभागीता रहने अपेक्षा गरिएको गर्भनर थापाले बताइन् ।

यसैगरी तेस्रो क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा बागलुङमा रहेका एक दर्जन क्लबहरुले जिम्मेवारी पाएका छन् । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा निकै नै ख्याती कमाएको बागलुङ कालिका मन्दिर, पञ्चकोट, एशियाकै लामो गण्डकी गोल्डेन ब्रिज, शालिग्राम संग्राहालय रहेको बालुङबजारमा हुने कार्यक्रममा लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ आवाज, लायन्स क्लब अफ बागलुङ भगवती, लायन्स क्लब अफ बागलुङ ब्लु सेप, लायन्स क्लब अफ बागलुङ सिटिजन, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ, लायन्स क्लब अफ धौलागिरी बागलुङ, लायन्स क्लब अफ ढोरपाटन, लायन्स क्लब अफ बागलुङ प्रोफेशनल र लायन्स क्लब अफ बागलुङ युनियन क्लबले संयुक्त रुपमा होस्ट गर्नेछन् ।

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि पिएमजेएफ लायन दुर्गा बहादुर कुँवरले संयोजकको जिम्मेबारी पाएका छन् । क्याबिनेट बैठकलाई भब्य र सब्य बनाउनको लागी १५ वटा विभिन्न बिधामा समिती गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको मुल आयोजक समितिका संयोजक दुर्गा बहादुर कुँवरले बताए । संयोजक कुँवरका अनुसार मिटिङमा सहभागिता जनाउनको लागि धमाधम रजिष्ट्रेशन गराउने क्रम जारी रहेको छ ।

‘रजिस्टेसनको आधारमा विभिन्न उपहारको व्यवस्था समेत गरिएको छ । १५ जना देखि माथि रजिष्ट्रेशन गर्ने कुनै पनि क्लबलाई स्मार्ट रजिष्ट्रेशन अवार्डले सम्मान गर्ने तयारी समेत गरिएको छ । यसैगरी १०० ५ रजिष्ट्रेसन अवार्ड, हाईयेस्ट रजिष्ट्रेसन अवार्ड – एरियावाईज जेन्स क्लब, हाईयेस्ट रजिष्ट्रेसन अवार्ड – एरियावाईज लेडिज क्लब, एरियावाईज फस्ट रजिष्ट्रेसन अवार्ड, प्रभातफेरी रर्याली सम्बन्धी अवार्डहरु, लक्की ड्र सहभागी सम्पुर्ण लायन्सहरुका लागि ब्यवस्था गरिएको संयोजक कुँवरले बताए । क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका बाग्लुङ, पर्वत, गण्डकीमा सम्पर्क अधिकारी समेत तोकिएको क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक कुँबरले बताए ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal