बाग्लुङमा लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याबिनेट मिटिङको भव्य तयारी

२०८० माघ २ गते, मंगलवार

काठमाण्डौं । यही माघ २६ र २७ गते लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याविनेट मिटिङ हुने भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्ट मध्य यो डिष्ट्रिक्टको तेस्रो क्याविनेट मिटिङ हुन लागेको हो ।

तेस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव १ हजार ५ सय बढी लायन्स सदस्यहरुको सो मिटिङमा सहभागिता रहने अनुमान गरिएको छ । डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराउने क्रम शुरु भएको रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ । डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको तेस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले बताइन् । दुई दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १२ सय देखी १५ सयसम्मको हाराहारीमा लायन्स प्रतिनिधीहरुको सहभागीता रहने अपेक्षा गरिएको गर्भनर थापाले बताइन् ।

यसैगरी तेस्रो क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा बागलुङमा रहेका एक दर्जन क्लबहरुले जिम्मेवारी पाएका छन् । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा निकै नै ख्याती कमाएको बागलुङ कालिका मन्दिर, पञ्चकोट, एशियाकै लामो गण्डकी गोल्डेन ब्रिज, शालिग्राम संग्राहालय रहेको बालुङबजारमा हुने कार्यक्रममा लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ आवाज, लायन्स क्लब अफ बागलुङ भगवती, लायन्स क्लब अफ बागलुङ ब्लु सेप, लायन्स क्लब अफ बागलुङ सिटिजन, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ, लायन्स क्लब अफ धौलागिरी बागलुङ, लायन्स क्लब अफ ढोरपाटन, लायन्स क्लब अफ बागलुङ प्रोफेशनल र लायन्स क्लब अफ बागलुङ युनियन क्लबले संयुक्त रुपमा होस्ट गर्नेछन् ।

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि पिएमजेएफ लायन दुर्गा बहादुर कुँवरले संयोजकको जिम्मेबारी पाएका छन् । क्याबिनेट बैठकलाई भब्य र सब्य बनाउनको लागी १५ वटा विभिन्न बिधामा समिती गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको मुल आयोजक समितिका संयोजक दुर्गा बहादुर कुँवरले बताए । संयोजक कुँवरका अनुसार मिटिङमा सहभागिता जनाउनको लागि धमाधम रजिष्ट्रेशन गराउने क्रम जारी रहेको छ ।

‘रजिस्टेसनको आधारमा विभिन्न उपहारको व्यवस्था समेत गरिएको छ । १५ जना देखि माथि रजिष्ट्रेशन गर्ने कुनै पनि क्लबलाई स्मार्ट रजिष्ट्रेशन अवार्डले सम्मान गर्ने तयारी समेत गरिएको छ । यसैगरी १०० ५ रजिष्ट्रेसन अवार्ड, हाईयेस्ट रजिष्ट्रेसन अवार्ड – एरियावाईज जेन्स क्लब, हाईयेस्ट रजिष्ट्रेसन अवार्ड – एरियावाईज लेडिज क्लब, एरियावाईज फस्ट रजिष्ट्रेसन अवार्ड, प्रभातफेरी रर्याली सम्बन्धी अवार्डहरु, लक्की ड्र सहभागी सम्पुर्ण लायन्सहरुका लागि ब्यवस्था गरिएको संयोजक कुँवरले बताए । क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका बाग्लुङ, पर्वत, गण्डकीमा सम्पर्क अधिकारी समेत तोकिएको क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक कुँबरले बताए ।

41 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal