सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको छः झलनाथ खनाल

२०८० माघ २ गते, मंगलवार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन् । गठबन्धनको संस्कृति बमोजिम कंग्रेस र माओवादी अगाडि नबढेको उनले आरोप लगाए ।

‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, असन्तुष्टि पोख्दै खनालले भने ।

आफूहरूको मतले कांग्रेस र माओवादी मोटाएको भन्दै ठूला पार्टीका गलत नीतिका कारण राष्ट्रिय सभामा उचित सिट नपाएको आरोप लगाए । ‘हाम्रो मतले कांग्रेस र माओवादी मोटाए आफ्नो स्टे«न्थ देखाएर खै तिनिहरूको स्ट्रेन्थ भनेर हामीलाई सिट नदिने गलत नीति लिए । हाम्रो पार्टीमाथि प्रभुत्व जमाउने, अरुको टाउकामाथि टेकेर आफूलाई अग्लो बनाउने यो गलत नीति हो’, कांग्रेस–माओवादीको नीतिप्रति असहमति राख्दै उनले भने, ‘यस्ता नीतिहरूको पक्षमा हामी छैन । सरकारको बारेमा हामी गम्भीर समीक्षा गर्छौँ । सरकारमा सहभागी भएर हामीले केही पनि प्राप्त गरेजस्तो लाग्दैन । सरकारको नीति, कार्यक्रम र बजेटमा सबै एकलौटीकरण छ ।’

 

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal