उपाध्यक्षमा पराजित राजथलालाई फेकनले किन गर्यो सम्मान ?

२०८० पुष २९ गते, आईतवार

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले कार्यसमितिकी निवर्तमान कार्यसमिति सदस्य रेश्मा राजथलालाई सम्मान गरेको छ ।

काठमाडौंको भक्तपुर बस स्टेण्डमा रहेको ओएसिस एब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेडकी इन्टरनेसनल रिलेसन डाइरेक्टरसमेत रहेकी उहाँलाई फेकनले गत शुक्रबार सम्मान गरेको हो । फेकनको १३ औं साधारणसभामा उहाँलाई उहाँले संस्थालाई पुर्याएको योगदानको सम्मान गर्दै सम्मान गरिएको फेकनले जनाएको छ । शिक्षा राज्यमन्त्री प्रमिला यादव, फेकनका अध्यक्ष राजु निरौलालगायतले उहाँलाई सम्मान गरेका हुन् । फेकनको गर्विलो इतिहास निर्माण गर्न फेकनलाई शैक्षिक परामर्शको क्षेत्रमा गर्वलायक संस्था बनाउन राजथलाले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको सम्मानपत्रमा लेखिएको छ ।

राजथला गत असार २३ गते भएको फेकनको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ फेकनलाई सबैको साझा थलोको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । ‘मैले उपाध्यक्ष भएर केही राम्रा काम गर्ने योजना बनाएको थिएँ, त्यो पूरा गर्न पाइन तर पनि म बाहिर रहेर जे गर्न सक्छु त्यो गर्छु’ उहाँ भन्नुहुन्छ ‘व्यवसायी साथीहरुले पनि सबै एकजुट भएको हेर्न चाहनुभएको छ, जो जहाँ छौं शैक्षिक परामर्शको लागि नै योगदान गर्नुको अरु विकल्प छैन ।’

राजथलाले आफू कार्यसमिति सदस्य हुँदा पनि आफ्ना धेरै योजना लागू गरेको बताउनुभएको छ । संस्थाले दिएको सम्मानबाट आफूलाई थप जिम्मेवारी प्रदान भएको उहाँको भनाई छ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal