सन्दीपलाई ८ बर्ष कैद सजाय
२०८० पुष २५ गते, बुधबार
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो ।
जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको छ ।
गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढकालको इजलासले फैसला गर्दै सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । गौशाला २६ को माग बमोजिम उनको उमेर नाबालिग भने नरहेको अदालतले फैसलामा उल्लेख छ ।
49 Views