प्रशिक्षित अभियन्ता निर्माण गर्दै ‘मितिनी नेपाल’

२०८० पुष २० गते, शुक्रबार

काठमाडौं । लैगिंक तथा यौनिक अल्पसंख्यक समुदाय विशेष गरी समलिङ्गी महिला, द्वयलिङ्गी महिला र ट्रान्सजेण्डर व्यक्तिहरूको समान हक अधिकारका लागि पैरवी गर्दै आएको संस्था मितिनी नेपालले नेतृत्व विकास तालिम र रिफ्रेसमेन्टको आयोजना गरेको छ ।

संस्थाले अंग्रेजी वर्षको नयाँ वर्ष २०२४ को अवसर पारेर पोखरास्थित लेकसाइडमा हालै तीन दिने नेतृत्व विकास, टिम बिल्डिङ्, कार्य स्थलमा गर्ने व्यवहार र द्वन्द्व व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा रिफ्रेसमेन्ट कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणमा काठमाडौंलगायत भक्तपुर, ललितपुर, सुनसरी, झापा, बाँके, दाङ् र कैलाली जिल्लाका १६ जना लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका अभियन्ताहरुको सहभागिता थियो ।

मितिनी नेपालले समलिङ्गी विवाहलाई कानुनी रुपमा मान्यता दिनुपर्ने आवाज पछिल्ला समयमा जोडदार रुपमा उठाइरहेको छ । आफ्ना समुदायका धेरै व्यक्तिहरु वैवाहिक रुपमा एकअर्कोसँग सम्बन्ध गाँसेर बस्दै आए पनि राज्यले त्यसलाई मान्यता नदिएका कारण आफ्ना पार्टनरलाई केही भै हालेमा दुबै मिलेर कमाएको सम्पत्तिमा हक नलाग्ने, बैंक वा बीमामार्फत जम्मा गरेको पैसा पनि दाबी गर्न नसकिने, आफ्ना सन्तानको समेत भविष्य नरहनेजस्ता कानुनी समस्या तथा परिवार, समाजबाटै समेत हेला र तिरस्कार भोग्दै आउनु परेको, नागरिकता नै नबनाइदिने, नेपालको संविधानले समेत देशका हरेक नागरिकले समान रुपमा अधिकार उपभोग गर्न पाउने व्यवस्था गरेपनि आफूहरु भने त्यसबाट सधै बञ्चित रहँदै आउनु परेको दुखेसो पोख्दै लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायहरुको हक अधिकार रक्षाको लागि सुमुदायका व्यक्तिहरु आफै जागरुक हुनु पर्ने र त्यसका लागि आफूहरुमा क्षमता अभिवृद्धि हुनु पर्ने भएकोले बिभिन्न समयमा यस किसिमका तालिमहरुको आयोजना गर्दै आएको कुरा आयोजक संस्थाका अध्यक्ष लक्ष्मी घलानले बताए ।

त्यस्तै संस्थाकी कार्यकारी निर्देशक सरिता के.सी.ले समुदायका व्यक्तिहरु समाजले गर्ने दुव्र्यवहार र परिवार र आफन्तले आफ्ना इच्छा र भावनाविपरीत जवजस्ति विवाह गरिदिने कारणले आफ्नो लैगिंक तथा यौनिक पहिचान खुलेर व्यक्त गर्न नसकी भित्रभित्रै गुम्स्याएर बस्नु परेको र समाजमा आफ्नो पहिचान लुकाएरै हिड्नुपर्ने बाध्यता अझै पनि रहेकोले त्यसका लागि अभियन्ता मात्र नभै हरेक जिम्मेवार नागरिकले पहल गर्नु पर्ने कुरामा जोड दिइन् ।

प्रशिक्षणपश्चात आफ्नो पहिचानको लडाइँ र लैगिंक समानताको अभियान अझ प्रभावकारी रुपमा सहभागीहरुले हाक्ने कुरामा आफू विश्वस्ता रहेको कुरा तालिमका सहजकर्ता हामी दाजुभाइ संस्थाका महासचिब एवं सामाजिक अभियन्ता अशोक शिवाकोटीले बताए ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal