विमान चालककै शैक्षिक प्रमाणपत्र नक्कली
२०८० पुष १९ गते, बिहीबार
काठमाडौं । नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
चालक शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएको भन्दै आयोगले बिहिबार मुद्दा दायर गरेको छ । २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौँ तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।
35 Views