प्रधानमन्त्रीको सम्बोधनः मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताएका हुन् ।
‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’– उनले भने– ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ।’
भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए ।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार