बाघको आक्रमणबाट सासूबुहारीको मृत्यु
२०८० पुष ९ गते, सोमबार
काठमाण्डौ । बाघको आक्रमणबाट पूर्वी नवलपरासीमा सासूबुहारीको मृत्यु भएको छ ।
विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।
दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
28 Views