डोजरले निम्त्याएको डिजास्टर
कालीबहादुर थापा
हुम्ला । पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाही समान ओसारपसार गर्ने गरिरहन्छन् ।
गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणिय प्रभाब मुल्यान नगरी आ आफ्नो प्रचारका निम्ती आँखाको सोरले र डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । त्यतीबेला सडक ठप्पमात्र नभई बजारमा सामाग्रीकोे अभावले बजारभाउ गरिबको ढाड सेक्नेगरी बृद्धि हुँन्छ ।
यस किसिमका सडक निमार्णले गाउँ, बस्ती मात्र नभई पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । हुम्ला लगायत दुर्गमका थुप्रै गाउँ बस्तीहरु पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा खर्कपातमा जानुपर्ने अवस्था छ ।
गाउँ गाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पार्यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर हिजो आज ती सम्पदा देख्न पाइन्छ की पाइँदैन ?
विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्वपुर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । हामी पहिले भरियाको काम गर्ने समयमा बोकीने भारी बिसाउने ठाउँ छैन,भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको देखिन्छ ।
बि स २०६७।०६८ साल तिर सावकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन नागरिले हिड्नु पर्ने हुँन्थ्यो त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरु थिए पाटी पौवाहरु थिए अहिले तिनिहरु सबै हटेर गएको देखीन्छ सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाइ दियो ।
त्यति मात्र हाईन हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे सडक निर्माणका क्रममा ती सबै पुरिए छन् अहिले केही मात्रमा देखीए पनि पहिले जस्तो देखीदैन ।
गाउँ गाउँबाट एकै दिनमा सदरमुकाम जान आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटल हुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली १ का ६६ वर्षिय धनमल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापनी बजार जाने र त्यहाँबाट ठेटुवा लगायतका लत्ता कपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भए थोरै घण्टामै आउन सकिने भएको उनको भनाइ छ ।
गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी भएको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको उनको प्रति भने उहाँको गुनासो छ ।
मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान सङ्कटमा पर्दै गएको थापाको भनाइ छ । गाउँ गाउँमा सडक आए पनि नागरीकले चाहेको बेला चढ्न नपाउनाले सुबिधा नभएको अर्का बयबृद्ध प्रदिप महताराको भनाइ उनले भने‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरुले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ उनले भने, ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन्, उति बेला हामीहरुले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटी पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्यो, हिँडरै पुग्नुपथ्र्यो, बास बस्नका लागि होटल हुँदैनथ्यो, त्यही पाटी पौवामा बस्नुपथ्र्यो , अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपथ्र्यो।’ अदानचुुली १ का रुपचन्द्र थापाले भने बाटो बाटोमा बर पिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर बर पिपल लगाउने गर्दथे र आफूहरुले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँचनै नभएको उनको भनाइ छ ।
बाटोघाटोमा पुराना कलात्मक र ऐतीहासीक ढुंगाहरु बनाउने प्रचलन थियो र राखिएका पनि थिए तर अहिले सडक काट्दा खेरी तिनिहरुलाइ संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।
उनी भन्छन्, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, बर पिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै भत्काई दिए ।’
आधुनिकतालाई अगाल्नुका साथै मौलिक सम्पदाको प्रवद्र्धन र संरक्षण आवश्यक रहेको भए पनि अहिलेका नयाँ स्थानीय सरकारले त्यस्ता परम्परागत कुराहरुको प्रमत संहार गर्ने ध्यान नदिएको हरेक गाउँ गाउँका स्थानीय नागरीकहरुको गुनोसो छ ।
उनिहरुले आफ्नो नामको लागि भए पनि हरेक गाउँ गाउँमा प्रतिधिक स्टमेटबिनै सडक काट्ने तर त्यहाँ भएका प्राकृतिक,धार्मिक तथा ऐतिहासीक महत्वका सम्पदाहरुको संरक्षणमा ध्यान नदिने,गरिब पिडितहरुको जग्गा जमिनको ध्यान नदिने,यसले पछि पार्ने नकारात्मक प्रभाबहरुको मुल्यांकन नगरी मनपरी तरीकाले सडक काटेपछी अहिले हरेक गाउँबस्तीहरु मरुभुमी बन्न थालेका छन् । स्थानीय सरकारले गाउँमा अन्य बिकाजताततै वातावरणिय प्रभाव मुल्यांकन बिनै डोजरहरुले खनिएका सडकहरुले पछिल्लो समय डिजास्टरमा परिणत हुँन थालेका छन् अहिले हामी जता हेर्दा पनि पहिरो र भुक्षय मात्र गएको देखिन्छ् जताततै बाटी र पहिरोबाट यती मरे यती घाइते भए भन्ने खबर मात्र सुनिन्छ यसको मुख्य कारण हो अनियन्त्रीत तरीकले सडक निमार्ण गर्नु प्रबिधिक स्टमेटलाई भन्दा आँखाको सोरले आ आफ्नो नामको लागि तथा चुनाबमा मत बटुल्नको लागि बनाइने सडकले बिकास होर्एन बिनास बनाएको देखीन्छ त्यसकारण यसलाई रोक्नको लागि समयमै ख्याल गरी सडक निमार्ण गर्न जरुरी छ ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





