एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने आलीको ठोकुवा

२०८० मंसिर २६ गते, मंगलवार

सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारबाहेक अरुले देश विकास गर्न नसक्ने बताएका छन् । ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्पयात्रा सुरु गरेको दाबी गरे ।

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा खुर्कोटमा मंगलबार भएको जन संवाद कार्यक्रममा उनले अरु पार्टीको सरकारले देश विनास गर्ने भएकाले जनताले एमालेको सरकार चाहेको बताए । उनले एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने ठोकुवा गरे ।

‘आज संकल्प यात्राको १३ दिन हो’, उनले भने, ‘यात्राको क्रममा हामीले विभिन्न क्षेत्रका विषयमा मागपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझ्दै आएका छौं । त्यसलाई अध्ययन गरी त्यस ठाउँको विकास र राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रुपमा अध्ययन गरेका छौं । बृहत्तर योजनाहरु बनाइरहेका छौं ।’

अध्यक्ष ओलीले त्यसै सन्दर्भमा जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरु सुन्दै र आफ्ना भनाइहरु राख्दै खुर्कोट आइपुगेको बताए । जनताबाट गरिबी हटाउने, देशमा समृद्धि ल्याउने र जनतालाई शान्तिपूर्ण, सुखमय, समतामूलक समाज निर्माणमा प्रेरित गर्ने काम एमालेले गरिरहेको उनको भनाइ थियो ।

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal