७ विकेटले पाकिस्तानसँग हार्यो नेपाल
काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभर खेल्दै मात्र एक सय ५२ रन बनाउन सक्यो । नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। दिपेश कँडेलले ३१ र ओपनर अर्जुन कुमालले २१ रनको योगदान गरे। पाकिस्तानका फास्ट बलर मोहम्मद जिसनले नेपाली ब्याटिङ लाइन ध्वस्त पार्दै ६ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले एक सय ५३ रनको लक्ष्य २६.२ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान साद बेगले ५० रन बनाए भने अजान वाइसले ५५ रन बनाए । यस्तै, मोहम्मद जिसनले ८ बलमा २० रन बनाए। नेपालका लागि गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए ।