दुई किलो सुनसहित तीनजना पक्राउ
२०८० मंसिर २२ गते, शुक्रबार
काठमाडौं । दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा दुई किलोग्राम सुन बरामद भएको हो ।
सो गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का बरामद गरेको प्रहरीले जनाएको छ ।
29 Views