नारायणी नदीमा क्रुजसीप आजदेखि पुनः सञ्चालनमा

२०८० मंसिर २१ गते, बिहीबार

टेकराज पोखरेल

नवलपुर(नवलपरासी) । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसीप आजदेखि पुनः सञ्चालनमा आएको छ ।

मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसीप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसीप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए ।

ुदुई घण्टाको फरकमा क्रुजसीपबाट सेवा प्रदान गर्नेछौँ,ु उनले भने, ुक्रुजसीपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।ु सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उनले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए ।

एक पटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उनले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसीपबाट उपलब्ध गराइने जानकारी दिए । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उनले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरूले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताए ।

क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताए । उनका अनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ ।

ुपाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसीपले आफ्नो नियमित क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ,ु बस्यालले भने ।

विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसीप नेपालकै पहिलो र एक मात्र क्रुजसीप भएको बस्यालको भनाइ छ । उनका अनुसार क्रुजसीप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । गएको याममा प्रतिदिन सरदर एक सय ५० जनाले क्रुजसीपमा यात्रा गर्ने गरेको बस्यालले जानकारी दिए ।

दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताए । उनका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ ।

क्रुजसीप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिक स्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खननका लागि क्रुजसीपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।

भरतपुर महानगरपालिका(१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसीप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवर्द्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताए ।

अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनः सञ्चालनमा आएको क्रुजसीपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उनको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसीपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ ।​

नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसीपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । ुयसअघि क्रुज सञ्चालन हुँदा पनि क्रुजमा यात्रा गर्ने मानिस हाम्रा होटलमा आएर बस्ने गर्नुहुन्थ्यो, उनले भने, ुक्रुजसीप नारायणी नदीमा सञ्चालन हुने कारण यसले चितवनको मात्रै नभएर नवलपुरको पर्यटन प्रवर्द्धनमा समेत ठूलो सहयोग पुर्याएको हामीले पाएका छौँ ।रासस

87 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal