नेपाली युवालाई रूसी सेनामा पठाउने मुुख्य गिरोहसहित १२ जना पक्राउ

२०८० मंसिर १९ गते, मंगलवार

काठमाडौं । नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन पठाउने गिरोहका १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरी स्रोतले दाबी छ । स्रोतले भन्यो-हालसम्म १२ जना पक्राउ परेका छन् । अझै अनुसन्धान र खोजी जारी छ ।

पक्राउ पर्नेमा हरि बिक र सुजाता दाहाल छन् । उनीहरु नै मुख्य नाइके रहेका प्रहरीको दाबी छ । बाँकी १० जनाको परिचय भने स्रोतले खुलाउन चाहेन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालीलाई भारतको दिल्ली हुँदै रुस पठाउने गरेको पाइएको छ । नेपालस्थित भारतीय दुतावासबाट ‘नो अब्जेक्सन लेटर’ बनाएर दिल्लीबाट रुस पठाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको दाबी छ ।

नेपाल प्रहरीले भारतीय दुतावाससँग समेत यस विषयमा छलफल गरेको छ । मानव तस्कर समूहले रुस पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

113 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal