देशमा राजावादी सलबलाएः केपी ओली

२०८० मंसिर १९ गते, मंगलवार

सल्यान । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अराजकताले देश विकास निर्माणमा पछाडि धकेलिएको बताएका छन् ।

एमालेको जारी मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा सल्यानको सल्लीबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। यही कारण देशको आर्थिक अवस्था झनै कमजोर अध्यक्ष ओलीको भनाई छ । बढ्दो अराजकताले देशमा विभिन्न किसिमका अभाव सिर्जना भएको अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘अराजक र अस्थिरताको फाइदा उठाउँदै देशमा राजावादी सलबलाएका छन् । राजनीतिक दलका नेता नसच्चिए त्यसको परिणाम सबैले भोग्नु पर्छ।’

एमाले सरकारबाट बाहिरिएको ढाई वर्ष नबित्दै देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, सुशासन धरापमा परेको र भ्रष्टाचार मौलाएको अध्यक्ष ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले एमाले सरकारको पालामा भएको विकास निर्माण, सुशासन तथा हरेक कामकाज देखेर प्रतिपक्षमा बसेका दल आत्तिएका मात्र नभई उनीहरुले बाह्य शक्तिको आडमा पार्टीभित्र प्रहार गरी एमालेलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको दाबी गरे।

दलीय चलखेलका कारण अहिले विकास ठप्प भएको र राजनीतिक प्रतिशोधका कारण एमालेले संचालन गरेका आयोजनासमेत अघि बढ्न नसकेको अध्यक्ष ओलीको भनाइ छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal