क्यानडा जान लागेका विद्यार्थीलाई स्टडी डेस्टिनेसन सेन्टरद्वारा बिधाइसँगै अभिमुखीकरण

२०८० मंसिर १८ गते, सोमबार

काठमाडौं । काठमाडौंको बागबजारमा रहेको स्टडी डेस्टिनेसन सेन्टर (एसडीसी) ले आइतबार अध्ययनका लागि क्यानडा जान लागेका विद्यार्थीलाई एक समारोहबीच बिदाई गरेको छ ।

सेन्टरका प्रबन्ध निर्देशक अमित खड्काले जनवरी इन्टेकका लागि जाने विद्यार्थीलाई शैक्षिक सफलताको कामनासहित बिदाई गरिएको बताए । उनीहरुलाई त्यहाँको शैक्षिक र अन्य अवस्थाको बारेमा पनि जानकारी गराइएको खड्काको भनाई छ । ‘नयाँ देशमा जाँदा त्यहाँको सिस्टम र अन्य प्रक्रियाका बारेमा थप जानकारी दिनका लागि ‘प्रि डिपार्चर सेसन’ गरिएको हो’ खड्काले भने ‘विद्यार्थीले त्यहाँ गएर के गर्ने र के नगर्ने भन्ने विषयमा पनि प्रष्ट रुपमा जानकारी दियौं ।’ ७ वर्षदेखि क्यानडामा विद्यार्थी पठाउँदै आएको सेन्टरले अष्ट्रेलिया, यूएसए र यूकेलगायतका देशमा पनि विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ । क्यानडा जाने विद्यार्थीका लागि विद्यार्थीको पहिलो रोजाई एस्डीसी बनेको छ । क्यानडामा पढाइसँगै अन्य सम्भावना पनि राम्रो भएकाले विद्यार्थी क्यानडा जान आकर्षित हुने गरेको प्रबन्ध निर्देशक खड्काले बताए ।


सेन्टरले ललितपुरको लगनखेलमा, झापाको विर्तामोड र दमकमा, पोखरामा पनि शाखा सञ्चालन गरेको छ । १० वर्ष अघिदेखि व्यवसाय गरेर आफूलाई स्थापित गर्दै आएका खड्काले विद्यार्थीलाई सही सूचना दिनु नै आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् । लगनखेलमा आशा थापाले, विर्तामोडमा भिष्म दाहालले र दमकमा रोमन आचार्यले शाखाको नेतृत्व गरेका छन् । प्रबन्ध निर्देशक खड्काले केही दिनमा नै काभ्रेको बनेपामा पनि शाखा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । पोखरामा घटस्थापनाको दिन खुलेको शाखाको नेतृत्व माधुरी पौडेलले गरेकी छिन् ।

प्रबन्ध निर्देशक खड्काले प्रत्येक इनटेकमा जाने विद्यार्थीका लागि ‘प्रि डिपार्चर सेसन’ गरिँदै आएको बताए । उनले विद्यार्थीलाई अध्ययनका लागि विदेश जाँदा भरपर्दो कन्सल्टेन्सीसँग बुझेर मात्र जानसमेत आग्रह गरेका छन् ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal