आजबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट सुरु हुँदै छ ।
गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बिहान ८ः०० बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ हुनेछ ।
अभियानको सुरूवात बैतडीको झुलाघाटमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर थालनी गर्नुहुने छ। झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका पार्टीका अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुग्नुभएको छ।
आज बिहान ८ः०० बजे झन्डोत्तोलन गरिसकेपछि ११ः०० बजे गोठलापानी बजारमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि पार्टीका १ सय बढी केन्द्रीय नेताहरू बैतडी पुग्नुभएको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । बैतडीबाट सुरु गरिने सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ । उक्त यात्रामा पार्टीको प्रमुख नेताहरूका साथै जन वर्गीय सङ्गठनका अध्यक्षहरू सहभागी रहनुभएको छ ।
पार्टी नेताहरूको स्वागतमा बैतडीको अनारखोलीबाट पाटनसम्म मोटरसाइकल र्याली निकालिएको छ भने बैतडी बजारलाई श्रृंगारिएको छ भने ओलीले सम्बोधन गर्ने कार्यक्रममा २० हजार व्यक्तिहरूको उपस्थित हुने एमाले नेताहरूले बताएका छन् । नेकपा एमालेले विशेष महत्वका रूपमा सङ्कल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटलाई रोजेको जनाएको छ ।
बैतडीको झुलाघाटबाटै समृद्धिको बिगुल फुकिने एमालेले जनाएको छ । देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमाले पोलिटब्युरो सदस्य राजेन्द्र रावलले बताउनुभयो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





