घृणायुक्त अभिव्यक्ति बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

२०८० मंसिर ८ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा बिहीबार काठमाडौँमा आयोजित प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरुप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘मंसिर ७ गते भएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानूनी र मानव अधिकारका मूल्य मान्यता र मर्यादा विपरीत एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको, जसका कारण बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्तिहरु घाइते समेत भएको, राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिहरु लक्षित गाली गलौज र घृणा फैलाउने अभिव्यक्तिहरु सहितका पोष्टर तथा श्रव्यदृश्य सामग्रीहरु विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको आयोगको सञ्चार अनुगमनबाट पाइएको छ’, प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत रहेको आयोगको ठहर छ ।’

आयोगले आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन आग्रह गरेको छ । यस्तै आयोगले कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथा श्रव्यदृश्य सामाग्रीहरु सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal