‘कार्साङ’मा शिल्पा अनुवन्धित

काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।
यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।
शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने पक्का भएको छ । यस फिल्ममा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए । शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ ।
फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।
फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।
ताजा

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
२०८० मंसिर १५ गते, शुक्रबार
अर्थमन्त्रीलाई ४० करोडको आरोप
२०८० मंसिर १५ गते, शुक्रबार
१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी
२०८० मंसिर १५ गते, शुक्रबार
सूईहरुको उदासिनताले सडक चौपट
२०८० मंसिर १५ गते, शुक्रबार
काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार
२०८० मंसिर १५ गते, शुक्रबार
गाजामा भोकमरीको सङ्कट
२०८० मंसिर १४ गते, बिहीबार
जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु
२०८० मंसिर १४ गते, बिहीबार
एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय
२०८० मंसिर १४ गते, बिहीबार
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
२०८० मंसिर १४ गते, बिहीबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार