फेरि बाबुरामको पार्टी माओवादीमा विलय हुने

२०८० मंसिर ३ गते, आईतवार

काठमाडौं । कहिले कुन पार्टीमा, कहिले कुन पार्टीमा प्रवेश गर्दै हिँडेका डा. बाबुराम भट्टराई फेरि आफ्नै मुल पार्टीमा विलय हुने भएका छन् । डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको वार्ता समितिले पार्टी एकता समिति नै गठन गर्न सुझाव दिएको उच्च स्रोतले बताएको छ ।

पार्टी एकता संयोजन समितिले दुबै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयमा पार्टी एकता संयोजन समितिले गरेको सहमति अनुसार हुने पनि वार्ता समितिले जनाएको छ ।

आइतबारको वार्तापछि दुबै पार्टीको वार्ता समितिले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताका लागि दुबै पार्टीको नेतृत्वलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिएको छ ।

दुई पार्टीबीच एकता वार्ताका लागि माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएका थिए ।

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal