२० वर्षपछि भारत र अस्ट्रेलियाबीच भिडन्त
काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारत र अस्ट्रेलिया भिड्ने भएका छन् । गए राति दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।
अस्ट्रेलियाले अब उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो । फाइनल खेल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम हुनेछ । दुवै टिम २० वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा भिड्ने छन् ।
अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक उपाधि विजेता हो । उसले हालसम्म ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले सबैभन्दा धेरै १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।
भारतले यसअघि दुईपटक विश्वकप जितेको छ । भारतसँग विश्वकप जित्ने तेस्रो अवसर छ । भारतले महेन्द्र सिंह धोनीको कप्तानीमा सन् २०१२ मा फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । पहिलोपटक सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले विश्वकप जितेको थियो ।
तर, फाइनलमा अस्ट्रेलियालाई हराउन सहज भने हुनेछैन । अस्ट्रेलिया आठौंपटक फाइनलमा पुगेको हो । उसले पाँचपटक त उपाधि नै जितेको छ । भारत भने चौथोपटक फाइनल खेल्दै छ ।
सन् २००३ मा अस्ट्रेलियाले नै फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । सन् २००३ मा अस्ट्रेलिया९कंगारू०ले भारत ९टिम इन्डिया०लाई १२५ रनले हराएको थियो । ३६० रनको लक्ष्य पछ्याएको भारत ३९।२ ओभरमा अलआउट भएको थियो । भारत २००३ को हारको बदला लिने तयारीसाथ मैदानमा उत्रनेछ ।
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





