जाजरकोट भूकम्पमा ९३७ घरमा पूर्ण नष्ट

२०८० कार्तिक १९ गते, आईतवार

काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ ।

गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ ।

त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन । त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।

सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १÷१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १÷१ घर क्षतिग्रस्त भएका छन् । गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३र३ जना घाइते भएका छन् ।

क्षतिको विवरण संकलन भइरहेकाले यो क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाइ छ । सरकारले उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका ४८५ जना, नेपाल प्रहरीका ८७४ जना र नेपाली सेनाका २०२ जना परितालन गरिएका छन् । गृहमन्त्रालयले जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी रहेको जनाएको छ ।

147 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

अविरल वर्षाका कारण ललितपुरमा ढल्यो साढे दुई तले घर

२०८३ आश्विन १२ गते, सोमबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal