पूरै फलामले बनेको ग्रह भेटियो

२०८० आश्विन ११ गते, बिहीबार

काठमाडौं । प्रकृतिको विविधता र ब्रह्माण्डको गहिराइ बुझ्न सजिलो छैन। वैज्ञानिकहरूले निरन्तर खोजी गरिरहन्छन्। भर्खरै एउटा ग्रह पत्ता लागेको छ जुन पूर्णतया ठोस फलामले बनेको छ। यो ग्रहको आकार लगभग पृथ्वी बराबर छ। यसको नाम ग्लिसे ३६७बी हो। यो एक अल्ट्रासर्ट पिरियड (युएसपी) ग्रह हो।

अल्ट्रासर्ट पिरियड ग्रह भनेको आफ्नो सूर्य अर्थात् ताराको वरिपरि ७।७ घण्टामा परिक्रमा गर्छ भन्ने बुझिन्छ। वैज्ञानिकहरूले हालसम्म ५ हजारभन्दा बढी एक्सोप्लानेट्स पत्ता लगाएका छन् । जसमध्ये २०० अति छोटो अवधिका ग्रहहरू छन्। ग्लिसे ३६७बी यस कारणले मात्र होइन अरु कारणनले पनि अद्वितीय छ। यो पृथ्वीको दोब्बर घनत्व भएको ग्रह हो।

यो ग्रह केवल फलामले भरिएको छ। यसको भित्र सबैभन्दा शुद्ध फलाम भरिएको विश्वास गरिन्छ। यो पत्ता लगाउन टेस अर्थात ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटको सहयोग लिइएको थियो । त्यसयता यसको अध्ययन चलिरहेको थियो । नयाँ अध्ययन द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ ।

युनिभर्सिटी अफ टुरिनकी पीएचडीकी विद्यार्थी र यसबारे अध्ययन गर्ने वैज्ञानिक एलिजा गोफोले ग्लिसे ३६७बी मा पनि दुई भगिनी ग्रह रहेको बताइन्। यी दुबै युएसपी ग्रह पनि हुन्। तिनीहरू ११।४ र ३४ दिनमा एउटै तारा वरिपरि घुम्छन्। टेसले दुई वर्षअघि यो ग्रह पत्ता लगाएको थियो।

यस ग्रहको आयतन र रेडियस नाप्न वैज्ञानिकहरूले हाई(एक्युरेसी रेडियल भेलोसिटी प्लानेट सर्चर स्पेक्ट्रोग्राफको मद्दत लिएका छन्। त्यसपछि यो ग्रह पृथ्वीको आकारको ७२ प्रतिशत भएको खुलासा भयो। यसको मतलब यो थोरै सानो छ। तौल पृथ्वीको तौलको ५५ प्रतिशत छ। तर घनत्व दोब्बर बढी छ। यसको अर्थ यसको सतह मुनि कम तहहरू छन्।

यस ग्रहको कोर धेरै घना छ। पूरै फलामले बनेको। जसको वरिपरि सिलिकेटले भरिएको आवरण छ। तर यसमा कुनै क्रस्ट छैन। यो एक प्रकारको प्रोटोप्लानेट हो। जसको बाहिरी तह समाप्त भएको छ। यसको मतलब आवरण आफै माथि छ।

हालसम्म भेटिएका सबै सुपर(मर्क्युरियनहरूमध्ये ग्लिसे ३६७ बी सबैभन्दा घना ग्रह हो। यसबाहेक अन्य दुई ग्रह यसको तारा वरिपरि घुम्छन्। जसको नाम ग्लिसे ३६७ सी र डी हो। तिनीहरू ११।४ र ३४ दिनमा एउटै तारा वरिपरि घुम्छन्। तिनीहरूको वजन ग्लिसे ३६७बी भन्दा कम छ। (एजेन्सी)

15 Views

ताजा

प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली

२०८० मंसिर १५ गते, शुक्रबार

प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली

२०८० मंसिर १५ गते, शुक्रबार

नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी

२०८० मंसिर १५ गते, शुक्रबार

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी

२०८० मंसिर १५ गते, शुक्रबार

सूईहरुको उदासिनताले सडक चौपट

२०८० मंसिर १५ गते, शुक्रबार

काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार

२०८० मंसिर १५ गते, शुक्रबार

गाजामा भोकमरीको सङ्कट

२०८० मंसिर १४ गते, बिहीबार

जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

२०८० मंसिर १४ गते, बिहीबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal