नेपालको नेता र राजनीति
ज्ञानेन्द्र कुमार तामाङ (नवयात्री)
नेपाली समाजको स्थापना र समाज निर्माण कार्य निकै पुरानो मानिन्छ । मानिसको जन्म र मृत्यु निरन्तर चलिरहने प्रक्रिया हो यिनै प्रक्रियासँगै समाज निर्माण र रूपान्तरित हुँदै अघि बढ्ने हो । समाजलाई संधै चलायमान बनाउने सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार र दर्शन भनेको राजनीतिक दर्शन हो । राजनीतिबाट कुनै व्यक्ति समाज वा राष्ट्र कहिले पनि अछुतो रहन सक्दैन । त्यसैको वरिपरि दुनियाँको समाज र नेपाली समाज चलेको पाइन्छ । त्यहि चलायमान समाज भित्र रहेका व्यक्तिहरुले नै आफ्नो नीति र दृष्टिकोण राख्ने हो र तिनै व्यक्ति मध्येबाट नेता बन्ने र राजनीतिलाई समाज वा राज्य सञ्चालनको अभिन्न केन्द्रीय नीतिको रुपमा आज संसारभरि प्रयोग भइरहेको पाइन्छ ।
नेपालको राजनीतिमा कालखण्ड सँगै धेरै राजनीतिक नेताहरु जन्मिए । हामीले नेपालको राजनीति र राजनीतिले जन्माएका धेरै व्यक्तिहरु देखेका छौं र इतिहासमा पढेका छौं । नेपाली समाजमा जति पनि नेताहरुको जन्म भयो तिनले गर्ने काम दुनियाँको राजनीतिक चिन्तन र विचार सँगसँगै अघि बढ्न सकेन जसको कारण आज नेपाली समाज पछाडि परेको छ । नेपालमा जन्मेका राजनीतिक नेताहरुको कारण नेपाली समाज कमजोर र गरिब भएका छन् । नेपाली समाजमा राजनीतिले जन्माएका राजा महाराजाहरु आए र शासन चलाए जुन बेला संसारका धेरै देशहरुमा राजाद्वारा सञ्चालित राजनीतिक शासन थियो । ती देशहरु राजाद्वारा सञ्चालित भएपनि जसले समय सापेक्ष समाज वा तत्कालिन राज्यका आवश्यकता र चुनौती सबैलाई समेटेर अघि बढ्न प्रेरित ग¥यो । त्यसैको परिणाम स्वरुप ती समाजका र राष्ट्रका नागरिकहरु आज समुन्नत र सम्मानित जीवन विताइरहेका छन् तर विडम्बना नेपाली समाजका त्यस समयका नेता भनौदा राजा महाराजाहरु ऐस आराम र जनताको पसिनामा रमाइरहे दुनियाँको समाजको विकाससँग आफ्नो राष्ट्रको विकास र समाज रुपान्तरणमा कुनै ध्यान रहेन र राष्ट्रको लागि नयाँ केही काम गर्न सकेन त्यसैकारण आज हाम्रो नेपाली समाजका मानिसहरु संसारका नागरिक भन्दा कमजोर र पछाडि परेको पाइन्छ । अहिले पछिल्लो समयमा नेपाली समाजमा राजनीतिद्वारा स्थापित एकात नेताहरु मात्र इमान्दार र निष्ठावान देखिन्छ तर सबै ठूला राजनीतिक दलका नेताहरु खराब देखिन्छन् ।
नेपालका राजनीतिक पार्टीमा रहेका नेताहरु आ–आफ्नै स्वार्थमा लिप्त भएका छन् । उनीहरुले दुनियाँको कुनैपनि समाजलाई हेर्न र बुझ्न सक्दैनन् सीमित आफ्नो स्वार्थमा मात्र समय खर्चिरहेको पाइन्छ । समाजभित्र सबैखाले मानिसहरु म नेता हुँ भनेर हिंडेको पाइन्छ । नेतामा हुनुपर्ने एउटा सामान्य गुण नभएका व्यक्ति पनि नेता हुँ भन्ने र नेता बनाउने काम भइरहेको छ यो सरासर खराब कार्य हो, यसले नेपाली समाजलाई अझ बढी पछाडि धकेली अराजक बनाइरहेको छ । संसार नेपाली नेताहरुलाई देखेर हाँसिरहेको छ, नेपालको राजनीतिले जन्माएको नेताहरु आज सबै भ्रष्टाचारी, दलाली र घुसखोरी बिल्ला लगाएर अदालत र शक्ति केन्द्रहरु धाइरहेको पाइन्छ । राजनीति र नेता भनेका फटाहा र बदमास शब्दको पर्याय बन्न पुगेको छ । केन्द्र सरकारदेखि वडा सरकारसम्म जनप्रतिनिधिहरु जसलाई समाजका नागरिकले नेता भनेर चुन्ने र जिताउने गर्दछ उनै सबैभन्दा बढी बदमासी हुने नेपालको राजनीतिक घटना क्रमले देखाइरहेको पाइन्छ ।
अब आम नेपाली समाजका नागरिकहरुले राजनीतिले जन्माएका पार्टी र नेताहरुलाई राम्रोसँग चिन्ने र उनको बारेमा बुझ्ने बेला आएको छ । हामी नेपाली नागरिकले संसार भरिका सफल नेताहरुको मूल्याङ्कन गर्दै हाम्रो नेपाली समाजमा पनि सफल नेताहरुलाई चिन्नै पर्ने बेला भएको छ । नेता इमान्दार, क्षमतावान, निष्ठावान, र निस्वार्थी हुनुपर्दछ जसले दुनियाँको परिवर्तनलाई समाजको आवश्यकता र अपेक्षालाई बुझेको हुनुपर्नेछ । विश्व समाज र आफ्नो समाजलाई अध्ययन गर्दै समय सापेक्ष समाजलाई रुपान्तरण गर्ने क्षमता र संकल्प एक असल नेतामा हुनुपर्दछ ।
आम नेपाली जनताले अबको दिनमा बदमासी खराब अराजक असक्षम नेतालाई चिन्ने र कारवाही गर्ने समाज र नागरिक प्रतिको जिम्मेवारीलाई बुझ्दै भौतिकवादी दुनियाँमा नयाँ खोज अनुसन्धान र आविष्कार केन्द्रहरुको निर्माण गर्न सक्ने क्षमतावान नेताहरुलाई अघि बढाउने र राजनीतिक मार्फत चुन्ने आजको अपरिहार्य आवश्यकता हो । अन्यथा हाम्रो नेपाली समाज अझ बढी अभाव, दबाब र अकर्मन्यतामा फस्दै जानेछ ।
संसारको विकसित सामाजिक अवस्था भन्दा झन्डै एक सय वर्ष पछाडि धकेलिएको नेपाली समाजलाई रुपान्तरण गर्दै थप एक सय वर्ष छिटो अगाडि बढी विकसित समाजको दाँजोमा पुग्न नेपालका नेताहरु अझ बढी जिम्मेवार र जवाफदेहि बन्नु आजको आवश्यकता हो । “सामान्य मान्छे नेता हुँ भन्नु र नेता बन्नु समाजलाई फेरी अझ पचासौ वर्ष पछाडि पार्नु हो ।“ त्यसकारण आम जनताले अबको दिनमा नेता चिन्ने र सफल नेता बनाउने काममा कहिल्यै भूल गर्नुहुँदैन । निर्वाचनबाट नेताको छनौट हुने र त्यही व्यक्तिबाट समाज सञ्चालन गरिने भएको हुँदा नेता दुरदर्शि, कर्तव्यनिष्ट, क्षमतावान र विश्व परिस्थितिलाई बुझ्न सक्ने हुनुपर्दछ र तिनै व्यक्तिहरु निर्वाचित गराउने आम जनताको आजको कर्तव्य पनि हो । यस्तो अत्यन्त महत्वपूर्ण कर्तव्यबाट आम जनता चुक्यो भने अबको दिनमा हाम्रा भविष्यका सन्ततिहरुले हामीलाई सराप्ने छन् र हामी र हाम्रा सन्तति संसारको दास र थिचोमिचोमा पर्ने भन्दा बाहेक अरु कुनै विकल्प आम नेपाली नागरिकको हुने छैन । त्यसकारण हामीले दृढसंकल्पसहित आम नागरिकको हित र समाजको रुपान्तरणको दृढसंकल्प बोकेका र योजना भएका नेपाली समाजभित्रका प्रतिष्ठित व्यक्तिहरुलाई नेताको रुपमा स्वीकार्दै नेपाली समाजको रुपान्तरण र राष्ट्र निर्माणको अभियानमा जुट्नु पर्दछ ।
संसारका महान सफल राजनीतिक नेताहरुले तत्कालिन समयका समाज र त्यस भित्र रहेका प्रत्येक विकासका सम्भावनाहरुलाई आर्थिक, सामाजिक, जनसाङ्ख्यिक, भौगोलिक, साँस्कृतिक सबै कोणबाट अध्ययन गर्दै समाज निर्माण र राष्ट्रलाई समृद्घ बनाउने काम भएको संसारको इतिहासमा धेरै परिघटनाहरु देखिन्छन् । तिनै घटना र इतिहासको अध्ययन गर्दै वर्तमान, सामाजिक अवस्थाको सबैखाले दृष्टान्तलाई अध्ययन गर्दै नेपाली समाजलाई बहुआयामिक कोणबाट विकास निर्माणको तिव्र मोडेलको बाटोबाट अघि बढाउन सफल नेता र राजनीतिक पार्टीमा लाग्न आम नेपाली नागरिकहरुको आजको अनिवार्य सर्त सहितको रोजाई भइसकेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





