फापारे गीतका पर्याय रञ्जना मोक्तान

२०८० भाद्र २९ गते, शुक्रबार

नेपालमा तामाङ जाति एक महत्वपूर्ण जातिभित्र पर्दछ । तामाङ जातिको आफ्नै छुट्टै भेषभूषा, चालचलन, रितिरिवाज, भाषा, कला, संस्कृति, रहनसहन रहेको छ । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार यो जाति जनसंख्याको आधारमा पाँचौ स्थानमा रहेको छ । कुल जनसंख्याको ५.६२ प्रतिशत जनसंख्या रहेको तामाङ जातिको जनसंख्या १६ लाख ३९ हजार ८ सय ६६ जना जनसंख्या रहेको राष्ट्रिय तथ्यांक विभागले देखाएको छ । तर आम तामाङ समुदाय यो तथ्यांकलाई मान्न तयार छैनन् । उनीहरु आफ्नो जनसंख्या तथ्यांकले देखाएको भन्दा धेरै बढी रहेको दावी गर्छन् । देशभर छरिएर रहे पनि तामाङ जाति विशेषगरी काठमाडौं उपत्यकाको वरिपरि रहेको १० जिल्लाहरुमा बहुसंख्यक रुपमा बसोबास गर्दै आएका छन् । यो जाति रमाइलो मन मनपराउने रमाइलो गर्ने जातिभित्र पनि पर्दछ । तामाङ जातिको आफ्नो छुट्टै पहिचान छ जसमध्ये फापरे ह्वाई (गीत)÷फापा ह्वाई पनि एक हो । जुन गीत बाक्लो जमघट हुँदा वा मेला, महोत्सव, जात्रातिर गाउने गरिन्छ । यसको छुट्टै लय हुन्छ जुन अन्य जातिको भन्दा पृथक हुन्छ । यो गीत जमघट हुँदा, भेटघाट हुँदा ठाउँको ठाउँ गाउने गरिन्छ । पछिल्लो समय यसलाई लेखेर रेकर्ड गर्ने प्रचलन आयो । यसरी आफ्नो जातिको मौलिक गीत गाउने र रेकर्ड गरि जातीय पहिचान बचाउन अहोरात लागिपर्ने कलाकार गायिका मध्ये एक हुन रञ्जना मोक्तान ।

आपा ज्ञान ध्वज मोक्तान र आमा कान्छी माया गोलेको कोखमा वि.सं. २०३९ माघ २० गते साविक पोखरीनारायणस्थान–६, राक्ता हाल तेमाल गाउँपालिका–५, काभ्रेमा जन्मेकी हुन रञ्जना । अत्यन्तै रमाइलो स्वभावकि रञ्जना जुनसुकै तामाङ कार्यक्रमहरुमा वा भेटघाट जमघटमा साथीभाइको अनुरोधलाई नाईनास्ती नगरि फापरे गीत गाउने गर्छिन् । कार्यक्रमहरुमा रञ्जनाको उपस्थिति देख्ने बित्तिकै आज चाहिँ फापरे गीत सुन्न पाईने भो भनी ढुक्क हुने गर्छन् तामाङहरु । घरपरिवारको प्रेरणाबाट यस क्षेत्रमा लागेको बताउने रञ्जनाको कार्यक्रमहरुमा गायकको बाहेक पनि छुट्टै गीत रेकर्डहरु पनि बजारमा आईसकेको छ ।

गीत संगीत क्षेत्र भनेको एउटा सुखदुःख पोख्ने ठाउँ र आफ्नो मौलिकता, सभ्यता र रीतिरिवाज जिउँदो राख्ने महत्वपूर्ण अभ्यास हो जस्ले परापूर्वकालदेखि मनोरञ्जन र रमाइलो प्रधान गर्ने माध्यम बताउने रञ्जनाले “चैत त वैशाख महिनामा“ बोलको सेलोबाट आफ्नो गायन यात्रा शुरु गरेकी हुन् ।

यही क्रममा रञ्जना मोक्तानले तामाङ फापरे गीतहरु रेकर्ड गरि सांगीतिक बजारमा ल्याउन सफल भईन । जस अनुसार ३० बैशाख २०७३ मा “फापा ह्वाई“ भाग–१, ११ बैशाख २०७४ मा “फापा ह्वाई“ भाग–२, २ जेठ २०७७ मा “फापा ह्वाई“ भाग–३ र ३ कार्तिक २०७९ मा “फापा ह्वाई“ भाग–४ बजारमा युटुप च्यानल भरि छ्याप्छ्याप्ति छाएको छ । रञ्जनाको स्वरमा रहेको यी गीतहरुले तामाङ सांगीतिक दुनियाँमा एउटा छुट्टै परिचय र पहिचान राख्न सफल भएको छ । ङेमा थाङपाल गोलेको शब्द रहेको यी गीतहरुमा केटाको स्वरमा भने गायक फुल कुमार बोम्जनले साथ दिएका छन् । रञ्जना मोक्तान गीत संगीतको अलावा साहित्यिक क्षेत्रमा पनि जमेकी छिन् । रञ्जनाले तामाङ भाषाको कविता संग्रह “रिन“ (बाँस) २०७३ मा प्रकाशित गरेकी छिन् ।

कलाकारिता क्षेत्रमा लाग्नेहरुको दैनिकी भने दुःखदायी हुने गरेको बताउने रञ्जना राज्यपक्षबाट साथ सपोटको आवश्यकता रहेकोले सरकारले पनि हेरिदिएमा आफ्नो मौलिकता बचाई राख्न सहज हुने बताउँछिन् । कलाकारलाई स्टेज कमि छ यसको सरकारले ब्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ । बाँचुन्जेल आफ्नो मौलिक गीत संगीत र पहिचानलाई सक्दो योगदान गर्ने लक्ष्य रहेको बताउने रञ्जना “हाम्रो कलालाई शुद्ध राखौं आफू सक्षम भएर लागिरहे कला संगीत अवश्य नै मौलाउने छ ।“ भन्दै गीत संगीत क्षेत्रमा बढ्दै गएको विकृति विसंगतिलाई इंगित गर्छिन् । (साभारः समय दृष्टि साप्ताहिक)

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal