प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि

२०८० भाद्र २६ गते, मंगलवार

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रिय कार्यालयमा जानु भई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रिय कार्यालय जानु भई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जलि दिनुभएको छ ।

यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जलि दिन च्यासल पुग्नुभयो ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेल्नुभएको भूमिकाको उच्च सम्मान गर्दै सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।

53 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal