कला, गीत र संगीतले देशलाई विश्वसामु चिनाउन सकिन्छ–सुनिता
ललितपुर । ललितपुर जिल्लाको दक्षिणी भेग महांकाल गाउँपालिका–२, कालेश्वरमा बुबा बिक्रम बहादुर वाईबा र आमा ठूलीमाया लोप्चनको कोखमा विक्रम संवत् २०५० असोज २ गते जन्मेकी हुन् सुनिता वाईबा ।
कला तथा अभिनय क्षेत्रमा स्वईच्छाले आएकी बताउने सुनिताले पहिलोपटक काठे गितको भिडियोबाट अभिनय क्षेत्रमा शुरुआत गरेकी हुन्, जुन गीतमा शुभश्रि लुंगेली र अमृता लुंगेलीको स्वर रहेको थियो भने रामचन्द्र श्रेष्ठको संगित थियो । कला संगीतले समाजमा आफुलाई चिनाउने माध्यम बताउने सुनिता आफ्नो मौलिक संस्कारलाइ कला संगीतबाट चिनाउन, पहिचान बनाउन सकिनेमा जोड दिंदै कलाकर भनेको राष्ट्रको गहना बताउँछिन् उनी । कला÷गीत÷ संगीत÷अभिनय क्षेत्रमा लाग्नेहरुको जीविका निर्वाह सम्बन्धित क्षेत्रबाटै भएको होला त भनी जिज्ञासा राख्दा यसमा यसै हो भन्न नसकिने र कसैको हुन पनि सक्ला कसैको हुँदैन किनकि कतिपय कलाकारहरुले कला भन्दा अरु काम गरी जिविकोपार्जन गरिरहेको देखिएको बताउँछिन् सुनिता ।
यहाँको विचारमा कला÷गीत÷संगीत÷अभिनय क्षेत्रलाई राज्यपक्षबाट के कस्तो सहयोग भईरहेको छ र राज्यले के व्यवस्था गरिदिए हुने थियो जस्तो लाग्छ भन्ने अर्काे जिज्ञासामा अहिलेसम्म त राज्यको ध्यानाकर्षण नै छैन । कला संगीतलाई पनि राज्यले हेरिदियो भने आफु जस्ता धेरै कलाकारलाई हरेक कुरामा सहयोग र सुरक्षा मिल्ने, राज्यले कलालाई पनि एउटा स्थान दिए आजसम्म कोही कलाकार भोकै बसेको देख्न पर्दैन थियो भन्दै आफ्नो कला छोडेर विदेशीन बाध्य हुने थिएन र आफ्नै देशमा बस्न पाउने र कलालाई अझ फराकिलो बनाएर देशको नाम विश्वसामु चिनाउन पाउने थियो भन्दै कानुनी रुपमा व्यवस्थित हुनुपर्नेमा जोड दिन्छिन् उनी ।
ललितपुरको दक्षिणी भेगमा जन्मेर अहिलेसम्म ३८ वटा गीतहरुमा अभिनय गरिसकेकी छिन् सुनिताले । आफ्नै शब्दमा तीनवटा एल्बम बजारमा ल्याईसकेकी सुनिताको शब्दमा अरुले नि गायका छन् । बढी जसो दोहोरी गीतहरु जस्तै पलपल, कल्पनामा आकाशको जुन छुन्छु, म्हेन्दो माया, गिम्दि गाउँ, दक्षिण ललितपुर, तारेभिर, ढिकीच्याउ, ठूलादुर्लुङगाँउ जस्ता गीतहरुमा सशक्त अभिनय गरेकी छिन् सुनिताले ।
अबको लक्ष्य के होला भनी राखेको जिज्ञासामा गीत संगीतलाई नै निरन्तरता दिने बताउने सुनिता कला÷गीत÷संगीत÷अभिनय क्षेत्रमा अब आउन चाहनेहरुलाई कला संगीत राम्रोसँग सिकेर बुझेर आउनु सल्लाह सुझाव दिन्छिन् । (साभारः समयदृष्टि साप्ताहिक)
ताजा
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत
२०८२ चैत्र ४ गते, बुधबार
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक
२०८२ चैत्र ४ गते, बुधबार
जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल
२०८२ चैत्र ४ गते, बुधबार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
२०८२ चैत्र २ गते, सोमबार
यी हुन् २०२६ का ओस्कार विजेता
२०८२ चैत्र २ गते, सोमबार
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०८२ चैत्र २ गते, सोमबार
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
२०८२ चैत्र १ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





