नेपालबाट टमाटर भित्रिएपछि भारतमा मूल्य घट्यो

२०८० श्रावण ३० गते, मंगलवार

नयाँ दिल्ली । नेपालबाट आयात गर्न थालेपछि भारतमा टमाटरको मूल्य घट्न थालेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतले नेपालबाट टमाटर आयात गर्न थालेको उल्लेख गरे पनि आयातको परिणाम भने खुलाएको छैन ।

आयात गरिएका थप टमाटरहरू ट्रान्जिटमै रहेको र यसले भारतको उत्तरी भागमा रहेका राज्यहरू, विशेष गरेर उत्तर प्रदेश, टमाटरको हाहाकार अन्त्य गर्ने बताइएको छ । योसँगै सरकारले सहुलियतको टमाटरको खुद्रा मूल्य थप घटाउँदै भारतीय रुपैयाँ ५० बनाएको छ ।

सरकारले सहुलियतको टमाटरको मात्रा बढाएसँगै टमाटरको थोक मूल्य घटेको छ यसले खुद्रा मूल्यमा पनि असर पुगेको छ । दिल्ली, राजस्थान र उत्तर प्रदेशमा ९३ हजार ८ सय किलो सहुलियतको टमाटर पठाइएको छ । एक महिना अघि मात्र भारतमा टमाटरको मूल्य २५० भारतीय रुपैयाँ प्रति केजीसम्म पुगेको थियो ।

गत जुलाईमा १५ महिना यताकै ७.४४ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको थियो । तरकारीको मूल्य ३७.३४ प्रतिशतले बढ्दा सबैभन्दा उच्च मूल्यवृद्धि टमाटरमा देखिएको थियो । राजश्व विभागले अब एनसीसीएफ र एनएफईडीलाई १५ अगस्तदेखि टमाटर ५० भारतीय रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको छ । (एजेन्सी)

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal